नेपाल बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस)
नेपाल बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भऐको छ। उक्त सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गर्नुभएको छ। सम्झौताले ग्राहकका लागि थप सुविधा प्राप्त हुने विश्वास दुवै कम्पनीले लिएका छन्।

सम्झौताअनुसार ग्राहकहरूले नेपाल बैंकक १५८ शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्नलगायतका सेवा प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्