रेनो डस्टर आर एक्स एस नेपाली बजारमा



काठमाडौं, (नेस)
रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाइल प्रालि ९विशाल ग्रुपको सहायक कम्पनी० ले रेनो डस्टर आर एक्स एस नेपाली बजारमा सार्वजनिक गरेको छ। फ्रान्सेली अटोमोबाइल निर्माताले केडब्लूआईडीको सहकार्यमा २०१६ देखि नेपाली बजारमा रेनो डस्टरको बिक्रीवितरण शुरू गरेको थियो।

रेनो डस्टर आर एक्सएस पेट्रोल भेरियन्टमा उपलब्ध रहेको छ। यसमा स्मार्टफोन भ्वाइस पहिजान प्रणाली, यूएसबी र अक्स इन कनेक्टीभिटी र ७ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट कम्प्याटिबल ब्लुटुथ जडान गरिएको छ। यसको साथै आर एक्सएस संस्करणमा डियोल एयरब्याग,एबीएस, हिल एसिस्ट, इन्जिन मोबिलाइजर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, पावर डोर लक, गन मेटल फिनिस सिङ्गल ह्वीललगायतका फिचर रहेका छन्। यसमा स्टिरिङ अडियो र फोन नियन्त्रण गर्ने, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसन जस्ता विशेषता रहेको छ। डस्टर आरएक्सएस संस्करण १ दशमलव ५ डीसीआई इन्जिनद्वारा सञ्चालित छ जसले ८५ एचपी पावर र २०० एनएम टर्क जेनेरेट गर्छ।

प्रतिक्रिया दिनुहोस्