एलआईसी नेपालमा नयाँ सीईओ नियुक्ति



काठमाडौं, (नेस)
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको ९७औं सञ्चालक समिति बैठकले माघ १५ गतेबाट लागू हुने प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकको रूपमा लक्ष्मीप्रसाद दासलाई तीन वर्षको लागि नियुक्त गरेको छ।

यसअघि नायब महाप्रबन्धक अभिजित घोष दस्तिदारले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि समालिरहनुु भएको थियो।
दाससँग २६ वर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेको छ। उहाँले एलआईसी अफ इण्डियामा सन् १९९२ मा अधिकृतस्तरबाट सेवा शुरू गर्नु भएको थियो। एलआईसी नेपालमा प्रमुख कार्यकारी अधिकृतको नियुक्ति पाउनु अघि उहाँ भारतको उडिसा राज्यको भुवनेश्वरस्थित एलआईसी अफ इण्डियाको डिभिजन कार्यालयमा सिनियर डिभिजनल म्यानेजरकोरूपमा कार्यरत हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्