वैदेशिक रोजगारीमा रहेकालाई पनि सामाजिक सुरक्षा कोषमा समावेश गर्न सुझाव



काठमाडौं, (नेस)
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा तथा सञ्चय कोषमा योगदान पु¥याउने गरी समेट्नुपर्ने सुझावसहित सरकारी कार्यदलले श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई मंगलबार प्रतिवेदन बुझाएको छ।

सरकारले विदेशमा रहेका कामदारलाई समाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नको लागि आन्तरिक गृहकार्य थालिएको मन्त्रालयले जनाएको छ। कार्यदलको प्रतिवेदनमा भनिएको छ–‘वैदेशिक रोजगारमा गएका अलवा विदेशी मुलुकमा रहेर व्यापार व्यवसाय गर्न र गैरआवसीय नेपालीलाई पनि कोष समेट्न सकिने व्यवस्था गरिएको छ।’

आगामी साउन १ बाट लागू गर्ने तयारीमा रहेको योजना कार्यान्वयनमा आएसँगै विदेश जानेको हकमा श्रम स्वीकृति प्रदान गर्दा र गइसकेकाको हकमा नवीकरण गर्दा अनिवार्य सूचीकृत गर्नुपर्ने बाध्यतामक व्यवस्था गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्