बागमती नदी सफाई अभियानको तीन सयौं हप्ता मनाइँदै



काठमाडौं, (नेस)
सरकारले बागमती नदी सफाई अभियानको तीन सयौं हप्तालाई मनाउने तयारी गरेको छ। आगामी २६ गते सरसफाई अभियानको तीन सय हप्ताको अवसर पारेर सरकारले ‘स्वच्छता मेरो पहिचान, सफाईमा मेरो योगदान’भन्ने नारासहित मुलुकभर सरसफाईको सन्देश दिने गरी विशेष कार्यक्रम आयोजना गर्न लागेको हो।

तीन सय हप्ता सफाई अभियानको संयोजन शहरी विकास मन्त्रालय गरेको छ। अभियानको तयारी गर्न शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको संयोजकत्वमा विशेष कार्यक्रम मुल समारोह समिति गठन भएको छ।

कार्यक्रमलाई भव्य एवम् विशेष बनाउन प्रधानमन्त्रीको प्रमुख आथित्यमा कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। उक्त सफाई अभियानलाई सफल बनाएर देशभर सरसफाईको सन्देश दिनमन्त्रालयको समन्वयमालगातार तयारी बैठक आयोजना गरिएको शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बताउनुभयो। मन्त्री राईले बागमती सफाई अभियानले मुलुकभर नै सरसफाईको सन्देश गएको भन्दै यसलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य रहने उल्लेख गर्नुभयो।

सरकारी निकायसँगको समन्वय, अभियान्ता, विभिन्न संघसंस्था, सर्वसाधरण र बिशेष गरी सुरक्षानिकायको महत्वपूर्ण भूमिका कारण बागमती सफाई अभिायानले निरन्तरता पाएको भन्दै मन्त्री राईले सरसफाईका लागि जनस्तरमा सचेतना जगाउनआवश्यक रहेको टिप्पणी गर्नुभयो।

शहरी विकास मन्त्रालयका सचिव डा। रमेशप्रसाद सिंहले तीन सय हप्ताको सफाई अभियानलाई सफल बनाउन मन्त्रालयले दैनिकजसो सरोकारवाला पक्षसँग छलफल गरिरहेको भन्दै काठमाडांै उपत्यका बाहिर पनि सरसफाई अभियानको थालनी गराउन मन्त्रालयले बिशेष पहल गर्ने बताउनुभयो। २०७० जेठ ५ गतेदेखि शुरू भएको बागमती सफाई अभियानमा हालसम्म १० लाख सहभागी भएका छन् भने २ हजार संघसंस्थाको प्रतिनिधित्व भएको छ। यो अभियानमा अहिलेसम्म करिब १२ हजार मेट्रिकटन फोहर व्यवस्थापन भएको छ।

प्रतिक्रिया दिनुहोस्