वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीद्वारा पदबहाली



वीरगन्ज, (नेस)
वीरगन्ज उद्योग वाणिज्य संघले सोमबारदेखि विधिवत रूपमा नयाँ नेतृत्व पाएको छ। ४३ औं सधारणसभाबाट संघका निर्वाचित कार्यसमितिले औपचारिक रूपमा शपथ ग्रहण गरेसँगै संघले विधिवत रूपमा नयाँ नेतृत्व पाएको हो।

सपथ ग्रहण समारोहमा बोल्दै संघका नवर्निवाचित अध्यक्ष गोपाल केडियाले पर्सा–बारा औद्योगिक कोरिडोरमा विद्यमान समस्या र चुनौती न्यूनीकरणका लागि आफ्नो अथक प्रयास रहने बताउनु भएको छन्। वीरगन्ज पथलैया औद्योगिक कोरिडोर संघीय र प्रदेश सरकार दुवैको उपेक्षामा परेका कारण अनेकौं समस्या उत्पन्न भएको अध्यक्ष केडियाले बताउनुभयो।दुई वर्षे कार्यकालमा संघको नवनिर्वाचित समूहले चार विषयलाई मुख्य प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो।

जसमा पर्सा–बारा औद्योगिक करिडोरको सुरक्षाका निम्ति कोरिडोरलाई सीसीटीभी क्यामेराको सञ्जालमा जोड्ने, औद्योगिक कोरिडोरका लागि केमिकलयुक्त बारुणयन्त्र सहितका पूर्वाधार निर्माण गर्ने, सिमरा विमानस्थलको स्तरोन्नती गरी भारत र नेपालका ठूला शहरमा नियमित उडानका लागि पहल गर्ने र पर्साको एउटा निश्चित भूभागमा डस्टी कार्गो भण्डारणको व्यवस्था मिलाउने रहेको अध्यक्ष केडियाले बताउनुभयो। वीरगन्जमा आयोजित कार्यक्रममा संघका नवर्निवाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्