गाउँपालिका कार्यालयमा तालाबन्दी

0
Shares

डोटी, (नेस)
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा स्थानीय सेवाग्राहीले अनिश्चितकालीन तालाबन्दी गरेका छन्। मंगलबार कार्यालयमा सेवा लिन गएका सेवाग्राहीले आफूहरूले गाउँपालिकाबाट सेवा नपाएको भन्दै कार्यालयमै तालाबन्दी गरेको स्थानीय दीपेन्द्र खड्काले बताउनुभयो। उहाँका अनुसार उक्त गाउँपालिकाका ७ वटै वडाका स्थानीय गाउँपालिकाको कार्यालयमा आएर तालाबन्दी गरेका हुन्। गाउँपालिकाका अध्यक्षसहित अन्य पदाधिकारी पूर्वीचौकी गाउँपालिकाको पर्यटन प्रबद्र्धनसम्बन्धी एक दिने गोष्ठी गर्नका लागि दिपायल पिपल्ला गएका र कार्यालय सहयोगीको भरमा गाउँपालिका छोडिएको स्थानीयको आरोप छ।

 

Skip This