लिफ्टमा चार दिनदेखि फसेकी महिलाको उद्धार



न्युयोर्कसिटी, (एजेन्सी)
आफूले काम गर्ने एक अर्बपतिको घरको लिफ्टमा झन्डै ४ दिन थुनिन पुगेकी एक अमेरिकी महिलाको सफल उद्धार गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

मारिटेस फार्टालिजा नामक ती ५३ वर्षीया महिला गत शुक्रबार न्युयोर्क सिटीको म्यान≈याटनस्थित बैंक लगानीकर्ता वार्रेन स्टेफन्सको घरको एलेभेटरमा प्रवेश गरेकी थिइन्। स्थानीय समयअनुसार सोमबार बेलुका १० बजे इमर्जेन्सी फोन कल आएपछि अग्नि नियन्त्रकले जबर्जस्ती लिफ्ट खोलेका थिए।

अहिले उनको अस्पतालमा उपचार भइरहेको छ। उनको वेइल कोर्नेल मेडिकल सेन्टरमा उपचार भइरहेको तथा जल विनियोजनबाट स्वास्थ्य स्थिति स्थिर रहेको उनको पारिवारिक सूत्रले जनाएको छ।

स्टेफन्सको परिवारका लागि विगत १८ वर्षदेखि काम गरिरहेकी उनलाई सोही परवारका एक सदस्यले अस्पताल लगेको बताइएको छ। स्टेफन्स अर्कान्सासको लिटिल रकस्थित लगानी गर्ने बैंक स्टेफन्स इन्कका अध्यक्ष हुन्।

स्थानीय प्रहरीले फोर्टालिजा सेन्ट्रल पार्क नजिकको अपर इस्ट साइडस्थित सो भवनको दोस्रो र तेस्रो तलाको बीचमा फसेको जनाएको छ।

फोर्टालिजा त्यहाँ काम गरिरहेका बेला स्टेफन्स परिवारका कुनै पनि सदस्य घरमा नरहेको पनि बताइएको छ। स्टेफन्सको सो भवनमाथि भवन विभागले सिलबन्दी गरेको र त्यहँँको एलेभेटरको गहन निरक्षिण नहुञ्जेल त्यहाँ कसैलाई प्रवेश नगराइने दी न्युयोर्क टाइम्सले जनाएको छ। प्रहरीले यस दुर्घटनाको कारणबारे पनि अनुसन्धान शुरू गरिसकेको बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्