बालकलाई गाँजा मिसाइएको कुकिज !



क्यालिफोर्निया, (एजेन्सी)
एक चार वर्षीय बालकलाई गाँजा मिसिएको कुकिज सिफारिस गरेका कारण अमेरिकाको क्यालिफोर्नियाका एक डाक्टरको अनुमतिपत्र नै धरापमा परेको सरकारी अधिकारीहरुले बताएका छन्।

प्राकृतिक औषधिले उपचार गराउने डाक्टर विलियम आइडलम्यानले थोरै गाँजा मिसिएका खाना खानाले ती बालकको रिसाउने बानी निको हुने सुझाव दिएको बताइएको छ।

डाक्टरले नाम नखुलाएका ती बालकलाई बाइपोलार डिसअर्डर र अरूको ध्यानाकर्षण गराउने मानसिक अस्वस्थता भएको बताएका थिए।

मेडिकल बोर्ड अफ क्यालिफोर्नियाले उनको अनुमतिपत्र जफत गर्ने आदेश दिएको थियो। तर, उनले बोर्डको निर्णयविरुद्ध अदालतमा अपिल गरेका छन्। वास्तवमा बोर्डले बालकलाई गाँजा मिसाइएको कुकिज सिफारिस गरेका कारणले नभई उनको उपचारमा लापरबाही गरेको अर्थात् ती बालकको उपचारका क्रममा मानिसक विशेषज्ञको परामर्श नलिएको आरोपमा सो कारबाही अघि बढाएको बुझिएको छ।

आफ्नो छोराले विद्यालयमा दुव्र्यवहार गर्न थालेकाले ती बालकका पिताले सन् २०१२ को सेप्टेम्बरमा डाक्टर आइडल म्यानकहँँ उपचारका लागि लगेका थिए।

प्रतिक्रिया दिनुहोस्