चिकित्सक संघद्वारा भत्र्सना

0
Shares

काठमाडांैंँ, (नेस)
नेपाल चिकित्सक संघले आफ्ना आजीवन सदस्य प्राडा। गोविन्द केसीको अनसनका पक्षमा बसेको रिले अनसनमा राष्ट्रिय झण्डाको दुरूपयोग गरी केही व्यक्तिले कार्यक्रमलाई धमिल्याउन खोजेको भन्दै निन्दा गरेको छ।

संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठद्वारा मंगलबार जारी प्रेस वक्तव्यमा अर्को निर्णय नहुँदासम्म रिले अनसन जारी रहने उल्लेख छ। उहाँले केसीको जीवन रक्षाका निम्ति कुनै पनि बेला देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू पूर्णरूपमा बन्द गरी थप आन्दोलनमा हुमिन बाध्य हुनुपर्ने चेतावनी दिनुभएको छ।

Skip This