‘फर्जी उद्दारमा हेलिकोप्टर कम्पनीहरूको संलग्नता छैन’



नेपाल समाचारपत्र, काठमाडौं
हेलिकप्टर सोसाइटी अफ नेपालले फर्जी उद्दारमा संलग्न रहेर पर्यटकलाई ठगी कार्यमा आफूहरूको संलग्नता नरहेको जनाएको छ। सोसाइटीले सोमबार पत्रकार सम्मेलन गरी सो दाबी गरेको हो। सोसाइटीका अध्यक्ष्य रामेश्वर थापाले फर्जाी उद्दारमा सोसाइटीको कुनै पनि संलग्नता नरहेको प्रष्ट पार्नु भएको छ।

‘हामीले हाम्रो चालक दल, प्राविधिक जनधनको प्रवाह नगरी पर्यटकको उद्दार गदै मानवीय धर्म निर्वाह गर्दै आएका छौं, अध्यक्ष थापाले भन्नुभयो–‘तर हेलिकप्टर अपरेटरहरूको नाम जोडिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’ हिमाली क्षेत्रमा पर्यटकको ‘फर्जी उद्दार’ गरी अन्तर्राष्ट्रिय बीमा कम्पनीसँग बीमा दाबी गर्दै आएको समाचार प्रकाशमा आएको थियो। फर्जी उद्दा भनिएको कार्यमा कुनै पनि हेलिकप्टर कम्पनीको संलग्नता नरहेको प्रष्ट पारेको हो।

‘हेलिकप्टर कम्पनीले आफैं कुनै किसिमको उद्दारको लागि उडान गर्दैनन्, ट्राभल टुर गाइड, एजेन्ट वा एजेन्सीको सम्पर्कमार्फत् मात्रै उद्दार गरिँदै आएको छ। उद्दार र अस्पतालमा अवतरण गरेसँगै हेलिकोप्टरको काम पूरा हुन्छ हामीलाई कुनै किसिमको जानकारीसमेत हुँदैन, उद्दार गर्नको लागि सम्र्पकमा आएपछि उद्दार गर्न जो गरेका छौं, कतिको संख्या, कस्तो अवस्था बताउँदैन्न्, लिन गएसंँगै सिट क्षमता अनुसार अप्ट्यारोमा परेकाको उद्दार गरिन्छ, अप्ठ्यारो समयमा मानवीयताको आधारमा एउटाको मात्रै उद्दार गर्ने कुरा पनि हँुदैन, सिट क्षमताअनुसार बिरामी बोक्छौ, हामीलाई एउटा उडानको मात्रै भुक्तानी गरिन्छ।’ अध्यक्ष थापाले भन्नुभयो–‘एजेन्ट वा एजेन्सीले भने व्यक्तिपिच्छे फरक–फरक बिल बनाएर पेस गरी बीमा असुली गरी ठगी गर्ने गरेका छन् यसमा हामो के दोष रु’ उहाँले एजेन्ट, बीमा कम्पनीका कारण नेपालको हेलिकप्टर क्षेत्रको छविलाई नकरात्मक ढ्रगबाट चित्रित गरिए बताउनुभयो।

सोसाइटीले हेलिकप्टर उद्दारको लागिसरकारलाई कार्यविधि बनाएर सञ्चालनको मापदण्ड बनाउनसमेत आग्रह गरेको छ। ७÷८ वर्ष अगाडि सगरमाथाको दोस्रो क्याम्पबाट उद्दार गरेर राजधानीसम्म ल्याएको सेवा शुल्क करिब ६० हजार अमेरीकी डलर पर्ने गरेकोमा हाल ११ हेलिकप्टर कम्पनीबीच तीव्र प्रतिस्पर्धा हुँदा सोही गन्तव्यको शुल्क कम भएर १० हजार डलरभन्दा कम हुन पुगेको अध्यक्ष थापाको भनाइ छ। कम सेवा शुल्कमा हामीले घाटा सहेर पनि उद्दार गर्दै आएकोमा फर्जी उद्दार आरोप लाग्नु दुखद् भएको सोसाइटीका महासचिव योगराज कँडेलले बताउनुभयो। विचौलियाहरूले आफूहरूको नाममा नक्कली बिल पेश गरी फाइदा लिएको सोसाइटीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्