एनआरएनलाई नागरिकता दिनेसम्बन्धी ऐन संशोधन



काठमाडौं, (नेस)
संघीय संसदको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकतामाथिको संशोधन प्रस्ताव पारित गरेको छ। समितिको सोमबार बसेको बैठकले गैरआवासीय नेपाली ९एनआरएनए० ले उठाएका विषयलाई सम्बोधन गर्दै संशोधन प्रस्ताव पारित गरेको हो।
संशोधन प्रस्तावको दफा ७ ९क० देखि ङ ९सम्म० गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्न सक्ने भन्ने विषयबस्तुमाथि छलफल गरेर टुंगो लागेको हो। सोमबारको बैठकले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विषयलाई मात्र किनारा लगाए पनि नागरिकता सम्बन्धमा अन्य विषयमा भने छलफल बाँकी रहेको छ। गैरआवासीय नेपालीलाई दिइने नागरिकताका सम्बन्धमा विधेयक मस्यौदामा राजनीतिक अधिकारबाहेकको नागरिकता दिने भन्ने शब्दावली उल्लेख गरिएको थियो। तर सो शब्दावलीलाई हाल परिमार्जन गरेर संविधान बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेछन् भन्ने व्यवस्था गरिएको छ।
यस्तै गैरआवासीय नेपालीले नागरिकता लिनलाई गृह मन्त्रालय नै आउनुपर्ने र त्यसमा पनि नेपाली नागरिकता प्रमाणपत्र त्यागेको व्यहोराको पत्र विदेशबाटै ल्याएर पेश गर्नुपर्ने विधेयकमा उल्लेख थियो। सोबारे मस्यौदा ड्राफ्ट गर्ने क्रममा गलत बुझाइ रहेकाले अहिले परिमार्जन गरिएको समितिका सदस्य तथा सांसद सूर्य पाठकले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले गृह मन्त्रालय वा गृह मन्त्रालय मातहताका निकायबाट गैरआवासीय नागरिकता लिन सकिने व्यवस्था गरिएको छ। त्यसका लागि विदेशमा नागरिकता त्यागेको भन्ने प्रमाण ल्याउनुपर्ने नभई स्वदेशबाटै सो व्यहोराको पत्र लिएर पेश गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्