मेगा बैंक नेपाल र सन नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं, (नेस)
मेगा बैंक नेपाल र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बंैकासुरेन्स सम्झौता भएको छ। उक्त सम्झौतामा मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँंजेली र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गर्नुभयो।
सम्झौताअन्र्तगत मेगा बैंकका ग्राहकले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रूपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेख मेगा बैंकका सम्पूर्ण शाखाहरू मार्फत उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्