अमेरिकी राष्ट्रपति चुनाव उम्मेदवार आकांक्षी तुलसीलाई हिन्दू भएकोमा गर्व



वासिंगटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारीका लागि दाबी गरिरहेका डेमोक्र्याटिक पार्टीकी सांसद तुलसी गब्बार्डले उनीमाथि हिन्दू राष्ट्रवादी भएको आरोप लगाउनेहरूमाथि कडा जवाफ दिएकी छिन्।

तुलसीले आलोचकहरूलाई जवाफ दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटलाई त्यसको साक्षीका रूपमा प्रस्तुत गरिएको तर मोदीसँग भेट्ने गैरहिन्दू नेताहरूमाथि कुनै प्रश्न नउठाएको बताइन्। उनले यसलाई आलोचकले देखाएको दोहोरो मापदण्ड भएको उनले आरोप लगाएकी छिन्। २७ वर्षीय तुलसीले सन् २०२० मा राष्ट्रपति चुनाव लड्ने फैसला गरेपछि यस्तो गर्ने उनी अमेरिकी इतिहासमा पहिलो हिन्दू भएकी छिन्।

तुलसीले भने– ‘भारतका लोकतान्त्रिकरूपले चुनेका नेता प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो भेटघाटलाई यसको प्रमाणका रूपमा देखाइयो र यसलाई एक प्रकारले असामान्य बताइयो। जबकि पूर्वराष्ट्रपति ओबामा, मन्त्री हिलारी क्लिन्टन, राष्ट्रपति डोनाल्ड ट्रम्प र कांग्रेसका मेरा कयौं साथीले उनीसँग भेटिसकेका छन् र उनीसँग काम गरिसकेका छन्।’

गैरहिन्दू नेताहरूसँग कुनै प्रश्न नसोध्नु र अमेरिकाप्रति मेरो प्रतिबद्धतामाथि मात्र प्रश्न उठाउनु दोहोरो मापदण्ड भएको उनले बनताइन्। यो मात्र धार्मिक अतिवादमा उत्पन्न हुने उनले बताइन्। अमेरिकी कांग्रेसमा निर्वाचित भएकी पहिलो हिन्दू महिला तुलसीले आइतबार रिलिजियस न्युज सर्भिसेजमा एक सम्पादकीयमा उनी, उनका समर्थक र दाताविरुद्ध चलाएको अभियान अमेरिकीमा विभाजन ल्याउन उनलाई निसाना बनाएको आरोप लगाइन्। बिनाआधार आफूलाई दुःख दिन गरेको कार्य भएको उनले बताइन्।

आफ्नो कडा लेखमा उनले आफूलाई हिन्दू राष्ट्रवादी बताइएको आरोपलाई इङ्कित गरिन्। यसको जवाफमा भोलि मुस्लिम वा यहुदी अमेरिकी भन्नु सही होला भन्ने प्रश्न राखेकी छिन्। हिन्दू भएकैमा यस्ता प्रश्न उठाइनु तर अरू गैरहिन्दू भएकाले ती प्रश्न नउठ्नु भेदभावपूर्ण भएको उनले बताइन्।
हवाईबाट चारपटक डेमोक्र्याटिक पार्टी सांसद भइसकेकी तुलसीले भनिन्– ‘कांग्रेसमा निर्वाचित हुने पहिलो हिन्दू अमेरिकी हुनु र अब राष्ट्रपति पदका लागि पहिलो अमेरिकी हिन्दू दाबेदार हुनमा मलाई गर्व छ।’

आफ्नो चर्चामा राष्ट्रपति पदका लागि उनको उम्मेदवारीले अमेरिकीलाई विश्वको तेस्रो ठूलो धर्मका बारेमा विस्तृत जानकारी पनि दिएको उनले बताइन्। तर, केहीले यसलाई लिएर आफूलाई मात्र नभई आफ्ना समर्थकमाथि पनि आशंका, डर र धर्मान्धता भड्काएको उनले आरोप लगाएकी छिन्।

 

प्रतिक्रिया दिनुहोस्