अफगान शान्ति सम्झौताका लागि मस्यौदा तयार



कावुल ,(एजेन्सी)
अमेरिकी र तालिवानी वार्ताकारबीच सोमबार अफगानिस्तानमा चलिरहेको १७ वर्ष लामो युद्धको अन्त्यका लागि शान्ति सम्झौतामा पुग्न एउटा म्स्यौदाका ेढाँचामा सहमति भएको वासिङ्टनका एक प्रमुख वार्ताकारले पत्रकारलाई जानकारी गराएका छन्।

अमेरिकी मध्यस्थकर्ताहरूले गत साता कतारमा तालिवान नेताहरूसँग ६ दिनसम्म वार्ता गरेका थिए। अहिलेसम्म अफगान सरकारी अधिकारीहरूलाई कठपुतलीको संज्ञा दिँदै तालिवानले तिनीहरूसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्दै आएको थियो। तर, अझै पनि अन्तर्राष्ट्रिय राजनीतिक विशलेषकहरूले कुनै पनि महŒवपूर्ण शान्ति समझौतामा सहमति हुन धेरै वर्ष लाग्न सक्ने अनुमान लगाएका छन्। अफगानिस्तानको शान्ति प्रक्रियाका लागि अमेरिकाका विशेष दूत खसललजाद कतारको वार्ताबारे अफगान सरकारलाई जानकारी गराउन काबुल पुगेका थिए। उनले काबुलमा दि न्युयोर्क टाइम्सलाई शान्ति सम्झौताका लागि बुँदागत ढाँचा तयार भइसकेको जानकारी गराएका छन्।

यसैबीच अमेरिकी विदेश विभागले उनको भनाइ सही भएको कुरा बीबीसीलाई बताएको छ। तर, तालिवानले अफगानिस्तानबाट अमेरिकी फौज फर्काउने निश्चित तिथि तय भएपछि मात्र सरकारसँग आफूले वार्ता थाल्ने बताएको छ। सोमबार पुनः एकपटक अफगान राष्ट्रपति असरफ घानीले तालिवानसँग आफ्नो सरकारसँग प्रत्यक्ष वार्ता गर्न आ≈वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्