बर्गर र कोक खान बिल गेट्स लाइनमा बसे



वासिंगटन (एजेन्सी)
विश्वकै दोस्रो सबैभन्दा धनाढ्य बिल गेट्सको सामान्य जीवनयापनका धेरै कुरा बाहिर आइसकेको छ। त्यसैले पनि माइक्रोसफ्ट कम्पनीका कर्मचारीले पनि कयौंपटक गेट्सलाई विश्वको सबैभन्दा उत्कृष्ट बोस बताइसकेका छन्।

हाल सामाजिक सञ्जालमा उनको सरल जीवनको दाबीलाई प्रमाणित गर्ने एक तस्वीर भाइरल भइरहेको छ। उक्त तस्वीरमा गेट्स सियाटलको एक फास्ट फुड रेस्टुरेन्टबाहिर लाइनमा उभिएका देखिएका थिए। त्यो पनि ८ डलरको बर्गर फ्राई र कोकका लागि।

गेट्सको उक्त तस्वीर उनको कम्पनीका पूर्वकर्मचारी माइक गेलोसले फेसबुकमा शेयर गरेका थिए। यसमा रातो रंगको स्वेटर लगाएका गेट्स टोपी लगाएका एक युवकको पछाडि उभिएका थिए। उक्त तस्वीर सियाटलको डिक्स ड्राइभ इन रेस्टुरेन्टको भएको बताइएको छ। गेट्स बर्गरका सौखिन हुन् र उनी एक विशेष पसरमा आज पनि बर्गर खान जान्छन्।

पहिलोपटक माइक्रोसफ्टका पूर्वकर्मचारीको पेजमा शेयर भएपछि यो तस्वीर भाइरल भएको हो। फोटोमुनि गेलोसले लेखेका थिए– ‘जब तपाईं अर्बौंको मालिक हुनुहुन्छ र देशको सबैभन्दा ठूलो च्यारिटी चलाउनुहुन्छ, त्यसको बाबजुद बर्गर, फ्राई र कोकका लागि एक रेस्टुरेन्टबाहिर लाइनमा बस्नुहुन्छ भने तपार्इं साँच्चै सामान्य जस्तै हुनुहुन्छ।’

गेलोसले त्यसको तल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि व्यंग्य गरे। उनले लेखेका छन्– ‘वास्तवमा धनाढ्यहरू यस्तो व्यवहार गर्छन् न कि ≈वाइट हाउसमा सुनको सिटमा बसेर आफूलाई धनाढ्य देखाउने प्रयास गर्छन्।’

गेलोसले फेसबुकमा पोस्ट गरेको उक्त तस्वीरलाई लाइक गर्नेको संख्या १५ हजार नाघेको छ। तस्वीरलाई १२ हजारभन्दा धेरैपटक शेयर पनि गरिसकेको छ। गेलोसले बिल कहिले पनि चर्चाको भोको रहेनन् र उनीसँग खासै सेलिबे्रटीको गुण पनि नभएको लेखेका छन्।

 

प्रतिक्रिया दिनुहोस्