नाजी प्रतिक प्रयोगको कारण क्षमायाचना



बैकक,(एजेन्सी)
थाइल्यान्डको अत्यन्तै चर्चित साँगितिक पप ब्यान्ड मध्ये एक बिएनके ४८ का एकजना सदस्यले नाजी स्वस्तिक चिन्ह अंकित टि–सर्ट लगाएकोमा सार्वजनिक रुपमा क्षमायाचना गरेका छन् । उनले टेलिभिजनबाट प्रशारित संगीत रिहर्सलको क्रममा त्यस्तो टि सर्ट लगाएकी थिइन् ।

गत सप्ताहान्त बिएनके४८ की गायिका पिछायापा ‘ नाम्साइ ’ नाथाले सो टि सर्ट लगाएका तस्वीरहरु सामाजिक संजाल मार्फत भाइरल भएपछि थाइल्यान्ड स्थित इजरायली दुतावासले क्षोभ प्रकट गरेको थियो ।

सो ब्यान्डका प्रमुख कार्यकारिणी अधिकारी समेत रहेकी उन्नाइस वर्षिया पिछायापाले इजरायली राजदुतलाई व्यक्तिगत रुपमै भेटेर यस घटना प्रति औपचारिक रुपमा क्षमा मागेको थाइ संचार माध्यमले जनाएको छ । अधिकांश थाइले दोश्रो विश्व युद्धमा नाजीको इतिहासबारे केहि जानकारी नभएको दावी गर्ने गरेका छन् ।

रिहर्सलका ति तस्वीरहरु देखपछि थाइल्यान्डका लागि इजरायली उप राजदुत स्मादारस्हापिराले भनेका छन् , ‘ ब्यान्डका सदस्यले यसरी नाजीको प्रतिक अँकित टिसर्ट लगाएर कार्यक्रम प्रस्तुत गर्दा नाजीद्वारा हत्यागरिएका व्यक्तिहरुका विश्भरि छरिएर बसेका लाखौ आफनतको भावनामा चोट पु¥याउँछ । ’

अनलाइनमा पनि यस बयान्डको कडा आलोचना भएको थियो । तर केहि संगित प्रेमीले भने आफुहरुलाई नाजीको प्रतिकको अर्थ न ैथाहा नभएको बताएका छन् । सो ब्यान्डले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ , ‘ अनुपयुक्त पहिरनमा रहेको प्रिन्टको कारण विगतमा विश्वमा मानवता विरुद्ध भएको अपराधबाट पिडित मानिसहरमा चोट पुगेको छ । भविष्यमा यस्तो गल्ती नदोह¥याउन हामी हरसंभव प्रयास गर्नेछौं । ’

प्रतिक्रिया दिनुहोस्