दुई विमान जुधाइमा ७ को मृत्यु



रोम (एजेन्सी)
इटालीको आल्प्स पर्वत श्रृंखलामा एक हिमखण्ड माथि एक हेलिकप्टर र एक साना विमान जुघ्दा कम्तिमा ७ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त दुर्घटना शुक्रबार उत्तरी इटली सीमा नजिकै ओस्टा घाटी ला थुइले स्थित रुटोर हिमखण्डको आकाशमा भएको हो । पाँचजनाको मृत्यु भएको पुष्टी सोही दिन भएको थियो भने दुई जना घाइते भएका थिए ।

हेलिकप्टरमा ६ जना यात्रा गरिरहेका थिए जसमा एक पाइलट, अल्पाइन गाइड र स्किकिंगका लागि आएका ४ यात्री थिए । दुर्घटनामा परेको हलुका विमानमा ३ जना यात्रु थिए । उनीहरु पहाडमा विमान उडाउने प्रशिक्षण लिइरहेका थिए । ओस्टा घाटीमा दुर्घटनाको समाचार प्राप्त भएपछि शनिबार विहान पुन सुरु भएको खोज अधियान पछि बेपत्ता भएका दुई जनाको शव बरामद भएको उद्धार साखाका एक अधिकारीले जानकारी दिए ।

दुबै विमानमा रहेका सबै यात्रुको शव बरामद गरिसकेको अधिकारीहरुले बताए । दुई घाइतेको उपचार भइरहेको र उनीहरु फ्रान्स र स्विजरल्यान्डका नागरिक भएको इटालीको पहाडी आपतकालिन सेवाले ट्विटमा भेनको छ ।

प्रतिक्रिया दिनुहोस्