शरिर गन्हाएको आरापमा विमानबाट निकालिए !



वासिंगटन,(एजेन्सी)
अमेरिकाको मायामिमा विदा मनाइरहेका एक अमेरिकी परिवारले यसै साता आफ्नो शरिर गन्हाएको आरोपमा अमेरिकी एयरलायन्सको एक उडानबाट निकाली दिएको गुनासो गरेका छन् ।

योस्सी र जेन्नी एडलर नामक ति यात्रीले अन्य यात्रुले आफुहरु गन्हाएको गुनासो गरेकाले बुधवार मायामी देखि डेट्रोइटको उडानबाट आफुहरुलाई निकाली दिएको बताएका छन् ।

विमानमा रहेका धेरै व्यक्तिले तिनीहरुकोवारे उजुरी गरेपछि एक वर्षिया छोरी समेत ाथमा बोकेका तिनीहरुलाई अर्को उडानको टिकट बुक गर्न सल्लाह दिँदै विमान उडनु अघि विमानबाट निकाली दिएको अमेरिकी संचार माध्यमले जनाएको छ ।

विहिवार मायामी अन्तर्राष्ट्रिय विमानस्थलमा योसी एडलरले पत्रकारहरुलाई बताएका छन् । अचानक हामीलाई विमानबाट ओरोलेर बिमानका कर्मचारीहरुले अन्य यात्रुले हाम्रा शरिरबाट दुर्गन्ध निस्केको गुनासो गरेको कारण हामीलाई उडानमा लान नसेकोमा क्षमा माग्दै विमानको ढोका लगाइदिए ।

वास्तवमा हाम्रो शरिर गन्हाएको थिएन। हामीमा त्यस्तो कुन ैकमि र कमजोरी नै थिएन । तिनीहरुले यस घटनाको पुर्ण जिम्मेवारी लिँदै हामीलाई वास्तविकता बताउनु पर्दछ । ’ शुरुमिा एयरलायन्स अधिकारीहरुले तिनीहरुको लगेज पनि विमानबाट निकाल्न भनेका थिए । तर पछित्यसो भने गरिएन ।

तिनीहरुले भनेका छन् , ‘ यस घटनाबाट हामीले निकै अपमानित भएका ेमहसुश ग¥यौं । विमानस्थलमा हामीले धेरैलाई रोकेर हामी साँच्च ैगन्हाउँछन् कि भनेर समेत साध्यौं । ’

प्रतिक्रिया दिनुहोस्