शौचलयमा महिलालाई सर्पले टोक्यो



सिडनी ,(एजेन्सी)
सरिसृप नियन्त्रण गर्ने एकजना व्यक्तिले शौचलयमा दिसा गर्न बसिरहेकी एकजना अष्ट्रेलियाली महिलालाई अचानक कमोटको प्यालबाटै आएका सर्पले टोकेको बताएकी छिन् ।

मंगलवार व्रिस्वेन स्थित एकजना आफन्तको घरमा ५९ वर्षिया हेलेन रिचर्डस माथि सो दुर्घटना घटेको प्रहरीले पुष्टि गरेको छ । तर १ दशमलव ५ मिटर लामो कार्पेट प्रजातीको अजिंगर विषरहित भएकाले सो टोकाईबाट उनलाई सामान्य चोट मात्र लागेको बताइएको छ ।

उक्त अजिंगरलाई समात्ने जस्मिन जेलेनीले गर्मीयाममा पानी खोज्द ैसर्पहरु शौचालयमा पस्नु सामानय घटना भएको बताएकीछिन् । रिचर्डसले दि कुरियर मेल अखवारलाई बताएकीछिन् , ‘ अचानक नितम्वमा केहि चिजले घोचेको जस्तो लाग्नासाथ पाइन्ट खुलेकै अवस्थामा म जुरुक्क उठेँ । यसो फर्केर हेरेको त दिसाबाटै सर्प फर्कन खोज्द ैथियो ।’

जेलेनीले विविसिलाई बताएकीछिन् , ‘कमोटमा बसिरहेकी हेलेनको कारण आफु बाहिरिने बाटो नदेखेपछि सो अजिंगरले उनलाई आक्रमण गरेको हुनुपर्छ । म घटनास्थलमा पुग्दा हेलेन सर्पलाई कमोट भित्र थुनेर सामान्य अवस्थामा चुपचाप बसेकी थिइन् । र , उनले एक साहसी महिलाको शैलीमा सारा वृतान्त मालाई बताइन् । सामानय एन्टिसेप्टिक लगाएर उनको उपचार गरियो । ’ अष्ट्रेलियाको पुर्वी तटिय षेत्रमा कार्पेट अजिंगर जताततै पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस्