साउदी अरेबियाले ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको खुलासा



दुबई (एजेन्सी)
मध्य पुर्वमा अमेरिकाका निकट सहयोगी तथा प्रमुख तेल उत्पादक साउदी अरेबिया आफनो सैन्य सक्ती बढाउन ब्यालेस्टिक क्षेप्यास्त्र क्षमता हासिल गर्ने तयारीमा रहेको बताइएको छ ।

स्याटलाइटबाट प्राप्त तस्वीरका आधारमा साउदीको एक सैन्य बेसमा ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण र परीक्षणको काम भइरहेको विशेषज्ञहरुले दावी गरेका छन् । साउदी अरेबियाले यस प्रकारको हतियार कार्यक्रमको सुचनाका आधारमा आफ्नो कट्टर विरोधी इरानको आलोचना गर्दै आइरहेको छ ।

गत बर्ष साउदी अरेबियाका शक्तिशाली युवराज मोहम्मद बिन सलमानले उक्त कार्यक्रमका बारेमा संकेट दिएको पनि विज्ञहरुले बताए । सलमानले भनेका थिए, यदि इरान यस प्रकारको हतियार कार्यक्रम सन्चालन गरिरहन्छ भने परमाणु हतियार विकास गर्न देशलाई कुनै हिच्किचाहत हुनेछैन ।

ब्यालेस्टिक क्षेप्यास्त्र हजारौं किलोमिटरसम्म परमाणु हतियार बोकेर जान सक्छ । यस विषयमा रियादमा अधिकारी र वासिंगटन स्थित साउदी दुतावासका अधिकारीहरुले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

यस हतियार कार्यक्रमले अमेरिकासँग साउदी अरेबियाको सम्बन्ध थप तनावपुर्ण हुन सक्छ । अमेरिका, साउदी अरेबिया लामो समय देखि सुरक्षा पार्टनर रहेका छन् । वासिंगटन पोस्टका स्टम्भकार जमाल खसोगीको हत्या र यमनमा साउदी नेतृत्वको सैन्य कारवाहीका कारण दुई देशबीचको सम्बन्ध पहिलेनै त्यति राम्रो छैन ।

क्षेप्यास्त्रमा भइरहेको ठुलो लगानीले साउदी अरेबिया परमाणु हतियार विकासमा रुची बढिरेको प्रष्ट भएको क्यालिफोर्निया स्थित मिडलबरी इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजका क्षेप्यास्त्र विज्ञ जेफरी लुइसले बताए । उनले भने ( हामी साउदीको महत्वाकांक्षालाई कम आंकलन गरिरहेकोमा मलाई चिन्ता लागेको छ । लुइसले स्याटलाइटबाट प्राप्त तस्वीरको अध्ययनपछि उक्त प्रतिक्रिया दिएको हो ।

वासिंगटन पोस्टले सबैभन्दा पहिला ती तस्वीरका बारेमा समाचार प्रकाशित गरेको हो । यो स्थान साउदी राजधानी रियादबाट २ सय ३० किलोमिटर पश्चिममा अल दवादमी नामक इलाका स्थित सैन्य अखडामा छ । यद्यपी यो अखडाका जानकारी सन्चार माध्यममा सबैभन्दा पहिला २०१३ मा आएको हो ।

समाचारमा उक्त सैन्य अड्डामा २ लन्च प्याड रहेको र त्यसलाई इजरायल र इरानमाथि ब्यालेस्टिक क्षेप्यास्त्रबाट निसाना बनाउने हिसाबले तयार गरेको उल्लेख गरिएको छ । यसअघि साउदी अरेबियाले चीनबाट ब्यालेस्टिक क्षेप्यास्त्र किनेको थियो । नोभेम्बरमा प्राप्त तस्वीरमा देखिएको ठुलो संरचनाले उक्त स्थान ब्यालेस्टिक क्षेप्यास्त्र बनाउन पर्याप्त छ ।

साउदी अरेबियामा बनेको संरचना चीनमा प्रयोग भएको डिजाइन जस्तै भएको लुइसले बताए । यद्यपी यो सानो छ । चीनले लगातार साउदी र अन्य मध्यपुर्व देशलाई ठुलो संख्यामा ससस्त्र ड्रोन बिक्री गरेको छ । अमेरिकाले यसको विक्रीमाथि रोक लगाइराखेको छ । बेइजिंगले आफनो कयौ ब्यालेस्टिक क्षेप्यास्त्र रियादलाई विक्री गरेको छ । त्यसैल यसको प्रविधिको जानकारी साउदीलाई चीनबाट प्राप्त भएको हुनसक्ने आंशका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्