डिस मिडियाले सस्तो प्याकेज ल्यायो



काठमाडौं, (नेस)
डिस मिडिया नेटवर्कले नया“ कनेक्सन जडान गर्ने ग्राहकको लागि सस्तो मूल्यको मासिक मूल्यमो सेवा प्रदान गर्न शुरु गरेको जनाएको छ ।
डिसहोमले बजारकै सबैभन्दा कम मूल्य प्याकेज ल्याएको दाबी गरेको छ ।

जसअन्तर्गत बाबा आमा, गृहिणी र बच्चाहरुका लागि उपयुक्त च्यानलभएको बेसिक प्याकेजको २५०, खेलकुद प्रेमीहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानल समावेश भएको मिडियम प्याकेजको ३००, सुपर एचडी प्याकेज ३५० र प्रिमियम एचडी प्याकेज ४०० प्रतिमहिनामा उपलब्ध गराएको छ । माघ १० गतेबाट नया“ एक्टिभिएसनमा यो योजना लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्