महिलाले बिना पारिश्रमिक गर्ने कामको मुल्य १ सय खर्ब



डाभोस (एजेन्सी)
विश्वका महिला बर्षभरीमा १ सय खर्ब डलरको तलब बराबरको त्यसता काम गर्छन् जसको लागि उनीहरु कुनै भुक्तानी पाउँदैन । यो रकम विश्वको सबैभन्दा कम्पनी एपलको बार्षिक आम्दानी भन्दा ४३ गुणा बढी हो ।

स्विजरल्यान्डको डाभोसमा विश्व आर्थिक सम्मेलन भइरहेको बेला अक्सफामले उक्त तथ्य एक प्रतिवेदनमा जारी गरेको हो । प्रतिवेदनमा भारतका महिला घर र बच्चाको रेखदेख जस्ता बिना भुक्तानीका जुन काम गर्छन् , त्यसको मुल्य देशको कुल गार्हस्थ उत्पादनको ३ दशमलव १ प्रतिशत बराबर छ ।

भारतका सहरी इलाकामा महिला हरेक दिन ३ सय १२ मिनेट समय यसतै काममा लगाउँछन् जसको उनीहरुलाई कुनै भुक्तानी हुँदैन । ग्रामिण इलाकामा महिला २ सय ९१ मिनेट यस्ता काम गर्छन । महिलाको तुलनामा सहरी इलाकामा पुरुष मात्र २९ मिनेट र ग्रामिण इलाकामा ३२ मिनेट घर र बच्चाको रेखदेख जस्ता काम गर्छन् ।

प्रतिवेदनमा विश्वभरी नै आर्थिक असमानता बढिरहेको उल्लेख गरिएको छ । महिला तथा युवतीहरु यसबाट सबैभन्दा धेरै प्रभावित छन् । भारतमा पुरुषको तुलनामा महिलालाई पारिश्रमिक पाउने काम पाउन गाह्रे छ । विश्वमा १ सय १९ सदस्य रहेको अर्बपति क्लबमा मात्र ९ जना मात्र महिला छन् ।

भारतमा पुरुषको तुलनामा महिलाको पारिश्रमिकमा धेरै अन्तर रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैले महिलाको आम्दानीमा आश्रित परिवार गरिब हुने गर्छ । देशमा महिला पुरुषको पारिश्रमिकमा ३४ प्रतिशत अन्तर छ । जाती, धर्म, आयु र लैंगिक आधारमा पनि महिला प्रतिको असमानता प्रभावित भइरहेको प्रतिवेदनले देखाएको छ ।

अक्सफोमको प्रतिवेदनमा विश्व लैगिक भिन्नता २०१८ मा भारतको स्थान १०८ औं रहेको छ । सन् २००६ को तुलनामा १० स्थान माथि उक्लेको हो । यस मामिलामा भारत छिमेकी देश चीन र बंगलादेश भन्दा पछाडी छ ।

प्रतिक्रिया दिनुहोस्