जकरबर्ग आफैले मारेको जनावरको मासु खान्छन्: डोर्सी



डावोस (एजेन्सी)
ट्विटरका सीईओ जेक डोर्सीले फेसबुकका संस्थापक मार्क जकरबर्गले एक पटक बाख्रा मारेर त्यसको मासु उनलाई रात्रीभोजमा पस्केको खुलास गरेका छन् । डोवोसमा भइरहेको विश्व आर्थिक मन्च सम्मेलनमा पुगेका डोर्सीले मार्क जकरबर्गसँग विताएका समयको बारेमा बताउने क्रममा उक्त घटना उल्लेख गरेका हुन् ।

सुरुमा जकरबर्गले बेहोस गर्ने बन्दुक र पछि चक्कुले बाख्रा मारेको उनले बताए । रोलिंग स्टोन अखबारले डोर्सीसँग जकरबर्गसँग विताएका समयका विषयमा प्रश्न राखेका थिए । डोर्सेका अनुसार एक बर्ष सम्म जकरबर्ग उनीहरु दुबै मिलेर मारेका जनावरको मासु खान्थे ।

जकरबर्गले उनलाई दिएको मासु आफुले नखाएको डोर्सीले बताए । ट्विटरका सीइओका अनुसार ओभनमा पकाएपछि पनि मासु चिसै थियो । त्यो दिन आफुले सलाद मात्रै खाएको बताए । उक्त रात्री भोजको केही समय अगाडी मात्रै जकरबर्गले बाख्रा मारेको डोर्सीले बताए ।

मेसबेलले एकपटक आफनो लेखमा सन् २०११ मा जकरबर्गले आफैंले मारेको जनावरको मात्रै मासु खाने गरेको बताएको प्रसंग उल्लेख गरेका थिए । जकरबर्ग पहिला जनावरलाई बन्दुकले गोली प्रहार गरि बहोस बनाउँथे र चक्कुले काटेर त्यसलाई मार्ने गरेको डोर्सीले बताए ।

फेसबुकको सीइओ भएको भए उसले कसरी काम गर्थे भन्ने प्रश्नको जवाफमा उनले आफुसँग जे छ त्यसमा आफु सन्तुष्ट रहेको डोर्सीले बताए । उनी स्क्वायरका पनि सह संस्थापक हुन् । बीचमा उनी ट्विटरबाट अलग भइसकेका थिए तर पछि सीइओका रुपमा सन् २०१५ देखि पुन त्यसमा आबद्ध भएका थिए ।

अखबारले डोर्सीसँड टेस्लाका सीइओ एलन मस्कका बारेमा राखेको प्रश्नको जवाफमा उनले भनेका थिए, हामी सबै मिले यो ग्रहलाई नोक्सान पुर्याइरहेका छौं । हामीलाई अर्को ग्रहमा लैजाने उनले त्यसतो अर्को ब्यक्तीका बारे थाहा नपाएको बताए ।

प्रतिक्रिया दिनुहोस्