वशांणु परिवर्तित बाँदरको सफल क्लोन



बेइजिंग (एजेन्सी)
चीनका वैज्ञानिकहरुले अल्जाइमर जसता रोग अध्ययनका लागि वंशानु परिवर्तन गरि बाँदरको क्लोन तयार गरि जन्माउन सफल भएको छ । यसले चिकित्सकिय अनुसन्धानमा मद्दत मिल्ने दावी गरिएको छ ।

यद्यपी यसले जिनमा परिवर्तनलाई लिएर नैतिक चिन्ता उत्पन्न गराएको छ ।
केही दिन अगाडी वंशाणु परिवर्तन गरि विश्वकै पहिलो मानव शिशु जन्माइएको दावी चीनका वैज्ञानिकहरले गरेका थिए । उक्त अनाधिकृत प्रयोगलाई लिएर वैज्ञानिक जगतमा हलचल मच्चाएको थियो । अब चीनका वैज्ञानिकहरुले निद्राको समस्या, डिप्रेसन र अल्जाइमर जस्ता विरामीसँग सम्बद्ध विकारयुक्त एक बाँदरको वंशाणु परिवर्तन गरी उसको पाँच क्लोन बनाएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

पहिलो पटक जीवचिकित्सकिय अनुसन्धानका लागि बाँदरको वशाणु परिवर्तन गरि क्लोन बनाइएको सिन्ह्वाले जनाएको छ । चीनका वैज्ञानिकहरुले अंग्रेजीमा प्रकाशित हुने चीनको पत्रिका नेसनल साइन्स रिभ्युमा प्रकाशित दुई लेख सहित विहिबार बाँदर क्लोनिंगको घोषणा गरेका थिए । क्लोनिंगको माध्यमबाट बच्चालाई सांघाई इन्स्टिच्युट अफ न्युरोसाइन्स अफ चाइनिज एकेडमी अफ साइन्सेसमा जन्म दिएको हो ।

प्रतिक्रिया दिनुहोस्