सबैभन्दा महँगो घर



न्युयोर्क (एजेन्सी)
अमेरिकाको म्यानह्याटन स्थित एक अपार्टमेन्ट २३ करोड ८० लाख डलरमा विक्री भएको छ । यो अमेरिकामा विक्री भएको अहिले सम्मकै सबैभन्दा महंगो घर भएको छ । २२० सेन्ट्र्ल पार्क साउथ स्थित उक्त अपार्टमेन्टको ४ तल्ला हो । यो अत्यन्त महँगो आवास क्षेत्र हो ।

उक्त घर अर्बपति केन ग्रिफिनले किनेको हो । ग्रिफिन हेग फन्ड इन्भेस्टमेन्ट कम्पनी सिटाडेलका संस्थापक हुन् । ५० वर्षका ग्रिफिन सोमबार लन्डनको बकिंगम प्यालेस नजिकै एक महँगो घर किनेर चर्चामा आएका थिए । उक्त घरका लािग उनले १२ करोड ४० लाख डलर तिरेका थिए ।

प्रतिक्रिया दिनुहोस्