अमेरिकाको अन्योलता तत्काललाई हट्यो



वासिंगटन (एजेन्सी)
अमेरिकामा विगत ३५ दिन देखि चलिरहेको प्रशासनिक काम बन्द अस्थायी रुपमा अन्त्य भएको छ । राष्टपति डोनाल्ड ट्र्म्पले यस मामिलामा एक सम्झौता भएको र अब फेब्रुअरी १५ सम्म अमेरिकी सरकारको कामकाज पुर्ण रुपमा सन्चालनमा आउने जानकारी दिए ।

राष्टपतिसँगको लामो अवरोधपछि प्रशासनिक काम सुचारु गर्ने उक्त सम्झौतालाई लिएर डेमोक्र्याट नेताहरु आफनो विजय घोषणा गरेका छन् ।
यस बीच आगामी तीन हप्तामा एक दुईदलिय समिति गठन हुने र त्यसले सीमा सुरक्षालाई लिएर विचार गर्ने उनले बताए । कांग्रेससँग उचित सम्झौता हुन सकेन भने सरकारको काम पुन बन्द हुन सक्ने वा मेक्सिको सीमामा विपत्तीको जस्तो स्थितिसँग लडन कुनै विशेष कदम उठाउन सक्ने ट्रम्पले बताए ।

यसअघि अमेरिकामा प्रशासनिक काम बन्दको प्रभाव विस्तार हुने क्रममा यसको असर उद्देयन क्षेत्रमा पनि देखियो । हवाई ट्रफिक नियन्त्रण कर्मचारी कमीका कारण अमेरिकी विमानस्थलमा उडानमा ढिलाई भइरहेको छ ।

अमेरिकी इतिहासमा अहिलेसम्मको सबैभन्दा लामो सटडाउनले ट्रफिक कन्ट्रेल कर्मचारीले बिना तलब काम गर्नु परिरहेको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख नेन्सी पेलोसीले यस परिस्थितिका लागि राष्टपति डोनाल्ड ट्र्म्पलाई जिम्मेवार ठहर्याएकी छिन् ।

यस प्रशासनिक काम बन्दले करिब ८ लाख कर्मचारी विगत ३५ दिनदेखि बिना तलब काम गरिरहेका छन वा अस्थायी रुपमा कामबाट निकालिएका छन् ।
अमेरिका मेक्सिको सीमामा पर्खाल निर्माणका लागि डोनाल्ड ट्र्म्पले अमेरिकी कांग्रेसमा डेमोक्र्याटिक पार्टिसँ ५ अर्ब ७ करोड अमेरिकी डलर बजेट स्विकृत गर्न अपिल गरेका थिए जसलाई उनीहरुले अस्विकार गरे । त्यसको बदलामा राष्टपतिले पनि संघिय खर्च चलाउने बजेटमा हस्ताक्षर गर्न अस्विकार गरेपछि अमेरिकामा सटडाउन सुरु भएको थियो ।

शुक्रबार एक ट्विटमा नेन्सी पेलोसीले राष्टपतिसँग देशको सुरक्षा तथा कल्याणलाई खतरामा नपुर्याउन र काम पुन सुचा गर्न अपिल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्