प्रशासनिक हड्ताल तत्काल रोकिनुपर्छ ः ह्यारिस



वासिंगटन, (एजेन्सी)
अमेरिकी सिनेटर कमला ह्यारिसले संघीय सरकारको प्रशासनिक काम बन्द यथासिघ्र शुरु गर्न अपिल गरेकी छिन्। उनी भारतीय मुलकी प्रथम सिनेटर हुन्। कमलाले सन् २०२० मा हुन गइरहेकोे अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उमेदवारी घोषणा गरकी छिन्।

क्यालिफोर्नियाका डेमोक्र्याटिक नेताले सिनेट सरकारलाई बजेट उपलब्ध गराउने एक विधेयकमा मतदान गर्ने बताइन्। कमलाले एक ट्विटमा भनिन्– ‘सरकारी काम बन्द भएको ३४ दिन भइसकेको छ।’

अब यस मामिलामा उक्त विधेयकमाथि सिनेटमा मतदान हुन दिनु। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका मेक्सिको सीमामा पर्खाल निर्माण गर्न चाहेका छन् र यसका लािग ५ अर्ब ७० करोड डलर उनले माग गरेका छन्। उनी अमेरिकामा आउने अवैध आप्रवासीलाई रोक्न आवश्यक भएकोमा अडिग छन्। तर डेमोक्र्याट नेताहरले यस प्रकारको कदम करदाताहरुको धनको दुरूपयोग हो।

अमेरिकी प्रसासनिक काम बन्द रहनुले संघीय सरकारका ८ लाख कर्मचारी महŒवपूर्ण विभागमा काम गरिरहेका छनैन्। गत बिहीबार वासिंगटन पोस्टले प्रकाशित समाचारमा कमला ह्यारिस इन्टरनेटमा अमेरिकी राष्ट्रपति पदका लागि सर्वाधिक सर्च गरिएकी उम्मेदवार भएको उल्लेख गरेको थियो।

प्रतिक्रिया दिनुहोस्