गोरखा गेटको शिलान्यास

0
Shares

गोरखा, (नेस)
गोरखा जिल्ला प्रवेश गर्ने मझुवा देउरालीमा गोरखा गेट बन्ने भएको छ। गोरखा नगरपालिकाले ५० लाख रुपियाँको लागतमा बनाउन लागेको गेटको शुक्रबार शिलान्यास गरिएको छ। मस्र्याङ्दी पुलनजिकै बन्न लागेको गोरखा गेटको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले शिलान्यास गरेका हुन्।

शिलान्यासको क्रममा शुभकामनाम मन्तव्य व्यक्त गर्दै यथाशीघ्र उद्घाटन गर्न आतुर रहेको उनले बताए। आउँदो चैतसम्म निर्माण सम्पन्न हुने उनको भनाइ छ। ‘निर्माण व्यवसायी संघका अध्यक्षले निर्माण गर्ने भएकाले समयभित्रै सम्पन्न हुनेमा हामीलाई शंका छैन’, पन्तले भने– ‘डीपीआरमा उल्लेख भएअनुसार गोरखा गेटको गुणस्तरका लागि सरोकारवाला सबैले रेखदेख गरिरहनुपर्नेछ।’ गेटमा गोरखाको पहिचान खुकुरीक्रस राखिने पनि उनले बताए।

गोरखा गेटमा गोरखालाई चिनाउने अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पहिचान झल्कने खालका चित्रकला एवं सामग्री पनि राखिने मेयर पन्तले सो अवसरमा बताए। गोरखा गेटको निर्माण जिम्मा सुसु इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रालिले लिएको छ।

Skip This