सैन्य हस्तक्षेप नगर्न रुसको चेतावनी



मस्को (एजेन्सी)
रुसले अमेरिकामाथि भेनेजुयलामा शक्ति हत्याउने प्रयास गरिरहेको आरोप लगाउँदै त्यहाँ हुन सक्ने अमेरिकी सैन्य विरुद्ध चेनावनी दिएको छ । भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरो मस्कोको निकट सहयोगी हुन् ।
भेनेजयुलाका विपक्षी नेता जुआनले आफुलाई देशको अन्तरिम राष्टपति घोषणा गरेका थिए । अमेरिकाले त्यसलाई मान्यता दिएपछि मस्कोको उक्त प्रतिक्रिया आएको हो ।

माडुरो अपदस्थ हुने सम्भावनासँगै मस्कोका लागि भुराजनितिक तथा आर्थिक रुपमा टाउको दुखाइ भएको छ ।चीन पनि पछिल्लो समयमा कारकासको ठुलो ऋणदाता बनेका थिए । उसको आर्थिक उत्थानका लागि चीनले अर्बौ डलर ऋण स्वरुप प्रदान गरेको छ । मस्कोले उसको सेना र तेल उद्योगमा सहयोग दिँदै आइरहेको छ ।

भेनेजुयलामा भइरहेको सडक प्रदर्शनमा वासिङटनले तेल हाल्ने काम भइरहेको र माडुरोलाई लत्याउने प्रयास भइरहेको रुसले आरोप लगाएको छ । माडुरो देशको बैधानिक राष्ट्रपति भएको पनि मस्कोले उल्लेख गरेको छ ।
भेनेजुयलामा सार्वभौमिकतामाथि नियन्त्रण गर्ने प्रयास भइरहेको र यो अन्तराष्ट्रिय कानुनको आधार तथा सिद्धान्तको उलंघन हो भन्ने हामीलाई लागेको छ – क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोवले बताए ।

रुसलाई अहिलेसम्म भेनेजुयलाबाट कुनै प्रकारको सैन्य सहयोगका लागि आग्रह नआएको उनले बताए । तर आएको खन्डमा कस्तो प्रतिक्रिया हुनेछ भन्ने विषयमा बताउन भने उनले अस्विकार गरे । गत डिसेम्बरमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेटेका माडुरो वैधानिक राष्ट्रपति भएको पेस्कोवले बताए ।

वासिङटनको सैन्य हस्तक्षेप देशका लागि दुर्भाग्य हुने र त्यो रक्तपात पुर्ण हुने चेतावनी दिँदै दुस्परिणमा आउने त्यसता दुस्साहस नर्गन मस्कोले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्