भारतिय बिद्यार्थीहरुले सबैभन्दा हलुँगो उपग्रह बनाए



नयाँदिल्ली, (एजेन्सी)
भारतले संसारकै सबैभन्दा हलुँगो दावी गरिएको भूउपग्रह पृथवीको कक्ष तर्फ प्रक्षेपण गर्ने भएको छ । एउटा अन्तरिक्ष अध्ययन कम्पनीका विद्यार्थीहरुले निर्माण गरेको कलमस्याट – भि २ नामक सो भूउपग्रहको वजन १ दशमलव २६ केजि मात्र रहेको बताइएको छ ।

रेडियो संचालनका लागि सहयोग पु¥याइने बताइएको यस भुउपग्रहको प्रक्षेपणबाट भविष्यमा बिद्यालयका बालबालिकाहरुलाई बैज्ञानिक र इन्जिनियर बन्न प्रोत्साहित गर्ने भारतको अन्तरिक्ष निकायले जनाएको छ ।
भारतिय अन्तरिक्ष अनुसन्धान संस्था ( इसरो ) ले श्रीहारिकोटा अनितरिक्ष केन्द«बाट यसको प्रक्षेपणगर्न लागेको हो । इसरोका प्रमुख के शिवमले अहिले सम्म पृथ्वीको कक्षमा प्रक्षेपित भुयपग्रह मध्ये यो सबैभन्दा हलुँगो रहेको दावी गरेका छन् ।

यसले एक प्रकारको तारविहिन रेडियो प्रशारणका लागि संचार भुउपग्रहको रुपमा काम गर्ने बताइएको छ । यस्तो गैर व्यवशायिक रेडियो सेवा शौखिनहरुले प्रयोग गर्ने गर्दछन् ।

यसै बिद्यार्थीहरुको समहहरुले यो भन्दा पनि अझै हलुँगो अर्थात केवल ६४ ग्राम वजनको भुउपग्रह सन् २०१७ मा अमेरिकाको नासाबाट सहायक कक्षको उडानका लागि चार घन्टे अभियानमा प्रक्षपण गरेको थियो । चेन्नइ स्थित अन्तरिक्ष अध्ययन कम्पनी स्पेस किड्ज इन्डियाका बिद्यार्थीहरुले कलमस्याट – भि२ बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्