अब हानेदा विमानस्थलमा ड्राइभरविनाकै बस चल्ने



राजबिन थापा, टोकियो ।
जापानले सन् २०२० मा आयोजना हुन लागेको ओलम्पिक्समा आउने पाहूनाको स्वागतमा फरक अनुभव होस् भन्नका लागि चाकलरहित बसको परिक्षण थालेको छ । ओलम्पिक्स पाहूनालाई विमानस्थलबाट बाहिर निस्किँदा चालकविहिन बसबाट सेवा प्रदान गर्ने तयारी गरिरहेको हो ।

हानेदा अन्तरराष्ट्रिय विमानस्थलसहित मुख्य हबहरुमा यतिबेला यात्रु राखेरै चालकविहिन बसको परिक्षण गरिरहेको छ । जापानी राष्ट्रिय ध्वजाबाहक अल निप्पोन सहित ६ वटा कम्पनीहरुले १० दिनसम्म परिक्षणको सञ्चालन गर्ने भएका हुन् । परिक्षण गत हप्तादेखि सञ्चालनमा आएको थियो ।

शुरुमा चालक सीटमा राखिएको थियो । तर उनले बस सञ्चालन त नगर्ने तर दुर्घटना हुने सम्भावित अवस्थालाई ध्यानमा राख्दै उनीहरुलाई राखिएको थियो । सफल परिक्षणपछि चालकविना नै बस सञ्चालन गरिएको हो । यद्यपि यो पनि परिक्षण कै एउटा पाटो हो । सन् २०२० को जुलाइ देखि अगष्ट ९ सम्म हुने ओलम्पिक्समा यी चालकसहित बस सञ्चालन गर्ने अपेक्षा गरेको छ । टोकियो ओलम्सिपक्समा आउने पाहूनाहरुलाई यी चालकरहित बसबाट सेवा प्रदान गर्ने आफ्नो लक्ष्य रहेको एनएनएका परियोजना प्रमुख तादाकाच’ यामागुचीले बताएका छन् । हालसम्मको चालकविहिन बस सेवा परिक्षण सफल देखिएको उनको भनाइ छ ।

जीपीएस सिष्टम जडान भएका यी बसहरु प्रतिघण्टा ३० किलोमिटरको गतिमा गुड्नेछन् । जापानको जनसंख्या घट्दो क्रममा छ । घट्दो जनसंख्याका कारण जापानमा जनशक्तिको अभाव पनि बढ्दै गएको छ । त्यसैले चालकरहित प्रविधिसहितको सवारी अवधारणामा जानु परेको उनको भनाइ छ । कम कर्मचारी राखेरै यस्ता सवारी साधनको प्रभावकारी सञ्चालनको सुनिश्चितता दिन सक्ने उनले अगाडि बताए ।

प्रतिक्रिया दिनुहोस्