महिलाका नाममा जग्गापास गर्ने बढे

0
Shares

दयाराम पण्डित, बाजुरा
बाजुरा जिल्लामा महिलाको नाममा जग्गापास गर्नेको संख्या वृद्धि भएको छ। सरकारले महिलाको नाममा जग्गा पास गर्दा लाग्ने राजश्वको २५ प्रतिशत छुट गरेपछि महिलाको नामा जग्गापास गर्नेको संख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय बाजुराले बताएको छ।

मालपोत कार्यालय बाजुराका अनुसार महिलाको नाममा जग्गा पास गर्नेको संख्यामा मात्र नभई दलितको नाममा पनि जग्ग्गापास गर्नेको संख्यामा वृद्धि भएको बताइएको छ।
अहिले महिलाको नाममा तथा दलितको नाममा जग्गापास गर्दा लाग्ने राजश्वको ठिक २५ प्रतिशत छुट हुने कानुनी प्रवधान रहेको छ। आर्थिक वर्ष २०७४/७५ मा महिलाको नाममा जग्गापास गर्नेको संख्या ५८ रहेको र दलितका नाममा जग्गापास गर्नेको संख्या ७६ रहेको मालपोत कार्यलय बाजुरामा तथ्यांक रहेको छ।

जसअन्तरगत २ लाख ३४ हजार १२ रुपियाँ राजश्व रकम छुट भएको बताइएको छ। त्यसै गरी आर्थिक वर्ष २०७५÷७६ को पुस मसान्तसम्म महिलाको नाममा जग्गापास गर्नेको संख्या ३२ रहेको र दलितका नाममा जग्गापास गर्नेको संख्या ५१ रहेको कार्यालयले बताएको छ। जसअन्तर्गत २ लाख २० हजार १ सय ५३ रुपियाँ राजश्व रकम छुट भएको छ। नेपालमा पनि जग्गापास गर्ने जस्तै हरेक क्रियाकलापमा पछिल्लो समय महिलाको सहभागितामा वृद्धि हुँदै आएको महिला अधिकारकर्मीहरूले बताएका छन्।

Skip This