राष्ट्र बैंकले पुनः रिपो बिक्री गर्दै


काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले बधबार रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको रिपो बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले एक हप्ताका लागि रिपो बिक्री गर्न लागेको हो । यसअघि पनि बैंकले उक्त परिमाणको रिपो बिक्री गर्ने सूचना प्रकाशित गरेको थियो । तर तोकिएबमोजिमको रिपो बिक्री हुन नसकेकाले पुनः बिक्री आह्वान गरिएको बताइएको छ ।

बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले तिर्न सक्ने ब्याजसहित बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।