इजरायली फौजद्वारा सिरियामा भिषण हमला



जेरुसेलम, ( एजेन्सी)
इजरायलले आफुले सिरियाली राजधानी दमास्कसको इरानी अखडाहरुमा आक्रमण गरेको सोमवार दावी गरेको छ । इजरायल प्रतिरक्षा फौज (आइडिएफ)ले अघिल्लो राति इरानी रिभुलुस्नरी गाडैसको कुद्स फौज र सिरियाली हवाई प्रतिरक्षामाथि लक्षित आक्रमण गरेको जनाएको छ ।

तर सिरियाली सेनाले भने आफुले अधिकांश इजरायली क्षेप्यास्त्र खसालेको दावी गरेको छ । आइडिएफले कुदस फौजले सिरियाबाट आइतवार अधिनस्थ गोलान हाइटमा एउटा रकेट प्रहार गरेपछि प्रत्युत्तरमा सो आत्रमण गरिएको स्पष्ट पारेको छ ।

इजरायलकोशत्रु राष्ट्र मानिने इरानले गृह युद्धमा फसेको सिरियामा राष्ट्रपति बसार अल –असादलाई सहयोग गर्न हजारौं सेना पठाएको थियो । इजरायली रक्षा सुत्रले जारी गरेको पछिल्लो विज्ञप्तिमा इजरायली लडाकु जेट विमानहरुले दमास्कसमा रहेका थुप्रै हातहतियार भण्डार , अन्तर्राष्ट्रिय विमानस्थल , एउटा इरानी गुप्तचर निकाय परिसर र इरानी सैनिक तालिम अखडामा बमबारी गरेको उल्लेख गरिएको छ ।

स्पष्ट चेतावनीको वावजुद पनि सिरियाली सेनाले जमिनबाट आकासमा मार हान्ने दर्जनौं क्षेप्यास्त्र प्रहार गरेपद्धि ति जेट विमानहरुले थुप्रै सिरियली सैनिक अखडामा पनि आक्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्