उद्योग वाणिज्य संघद्धारा भिमसेन मन्दिरको पुनः निर्माण शुरु

94
Shares

नेपाल समाचारपत्र, ललितपुर ।
भूकम्पबाट क्षतिग्रस्त भिमसेन मन्दिरको पुनःनिर्माण कार्य शुरु गरिएको छ ।
ललितपुर उद्योग वाणिज्य संघले अगुवाईमा पुनःनिर्माण कार्य शुरु गरिएको हो ।विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थिति सो मन्दिरलाई व्यापारीहरुको इष्ट देवका रुपमा लिईन्छ ।

ज्योतिषीहरुबाट सोमबारको शुभ साईत निकालेर धार्मिक विधिपूर्वक मन्दिरको झंगटी निकालिएको हो ।यससंगै पुनःनिर्माण लागि मन्दिरको क्षतिग्रस्त भाग भत्काउने प्रक्रिया शुरु भएको सांकेतिक रुपमा घोषणा गरिएको थियो ।सो अवसरमा ललितपुर क्षेत्र नं २ का सांसद कृष्णलाल महर्जन, प्रदेश नं ३ का सदस्य ज्ञानेन्द्र शाक्य, महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी महानगरपालिकाका उपप्रमुख गीता सत्याल, ललितपुर महानगरपाालिका वडा – १६ का वडाअध्यक्ष, संघका पूर्वअध्यक्ष अजरमान जोशी, पूर्व सांसद् एवं ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन, बौद्ध विहार संघका अध्यक्ष्ँ पुष्परत्न शाक्य लगायतको उपस्थिति रहेको थियो ।

संघले दुई वर्षदेखि आफ्नै अग्रसरतामा मन्दिर पुनःनिर्माणका लागि स्वीकृत दिन संस्कृति पर्यटन तथा नागरिक मन्त्रालय, पुरात्तत्व विभाग र ललितपुर महानगरपालिकासंग ताकेता गर्दै आएको थियो । महानगरपालिकासंग सहजीकरण गरेर संघले पुनःनिर्माण कार्य थालिएको संघका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो ।

पुनःनिर्माणमा चार करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक आकंलन गरिएको छ । अहिले ‘सीड मनि’को रुपमा संघले १० लाख रुपैयाँ राखिसकेको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष महर्जनले बताउनुभयो।

संघले दुई वर्षदेखि आफ्नै अग्रसरतामा मन्दिर पुनःनिर्माणका लागि स्वीकृत दिन संस्कृति पर्यटन तथा नागरिक मन्त्रालय, पुरात्तत्व विभाग र ललितपुर महानगरपालिकासंग ताकेता गर्दै आएको थियो । महानगरपालिकासंग सहजीकरण गरेर संघले पुनःनिर्माण कार्य थालिएको हो ।

। जुनसुकै बेला भत्किने सक्ने खतरा रहेकोले हाल सो मन्दिर वरपर बाटो फलामको बार राखेर बन्द गरिएको छ । मन्दिरको माथिल्ला तलामा गाह्रो थाम्ने थाम, दलिन र बिम भाँच्चिएको छ । भित्ताहरू चिराचिरा परेका छन् । उत्तरपट्टि ढल्केको छ । युनेस्कोबाट आएका इटालियन विशेषज्ञले मन्दिर अत्यन्त जोखिमपूर्ण रहेको भन्दै तत्काल पुनर्निर्माण गर्न विभागलाई सुझाव दिएको थियो । प्राविधिक टोलीले मन्दिरका भित्तामा खतराको सूची चिन्ह लगाइएको छ । मन्दिर पुनःनिर्माणमा संघले आग्रह गरे अनुरुप आवश्यक सहयोग गर्ने महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।

भूकम्प गएको डेढ वर्षदेखि पुनःनिर्माणका जिम्मा दिन ललितपुर उद्योग वाणिज्य संघले पुरात्तत्व विभागलाई घचघच्याउँदै आएको थियो । त्यतिबेला संघको अध्यक्ष सविन श्रेष्ठको अग्रसरतामा पुरात्तत्व विभागसंग पनि अनौपचारिक रुपमा पटक पटक छलफल गरिएको थियो । यसैको परिणति स्वरुप पुनःनिर्माणमा हुन लागेको बताउँदै निर्वतमान अध्यक्ष श्रेष्ठले यसमा सबैको साथ र सहयोगको खाँचो औल्याउनुभयो ।

Skip This