काठमाडौं । भारतको उत्तर प्रदेशस्थित चन्दौलीमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको इलिया ठाना ईलाकामा सडक नजिकै रहेको घरमा मिनि ट्रक घुस्दा ६ को घटनास्थलमै मृत्यु भएको हो ।
उक्त ट्रकको प्रहरीले पीछा गरेको थियो । जसमा तस्करीको सामान बोकेको प्रहरीको दाबी रहेको छ । डरले भाग्दै गरेको ट्रक सडक छेउमा रहेका झुपडीमा घुसेर खेतमा पुगेको थियो । घटनास्थलमै मृत्यु हुनेमा एकै परिवारका एक पुरुष, दुई महिला र तीन बच्चा रहेका छन् । दुई बच्चाको अवस्था चिन्ताजनक रहेको छ । रातीको समय भएकाले घरका सबै जना सुतेका थिए । उनीहरुलाई थाहा नै भएन की कसरी मृत्यु भयो ।
अहिले पुरै गाउँ शोकमा डुबेको छ । अंग्रेजी नयाँ वर्षकै दिन पुरै परिवारको अन्त्य भएको छ । मृतकका आफन्तले शव अहिलेसम्म पनि उठाउन दिएका छैनन् । त्यहाँको स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।











प्रतिक्रिया