अंकारा (एजेन्सी)
साउदी अरेबियाका पत्रकार जमाल खसोगीको हत्या मामिलामा अर्को ठुलो तथ्यको खुलासा भएको छ । टर्कीको एक टेलिभिजन च्यानलले प्रसारण गरेको सीसीटीभी फुटेजको एक भिडियोमा केही ब्यक्ती सुटकेस र ब्याग लिएर निस्केको देखिएको छ । टेलिभिजन च्यानलका अनुसार उक्त ब्यागमा नै खसोगीको शवका टुक्रा राखिएको थियो ।
आइतबार राती ए–हबेर टेलिभिजन च्यानलमा प्रसारित कार्यक्रममा देखाइएको तस्वीरमा ३ जना देखिएका थिए । उनीहरुसँग ५ वटा सुटकेस थिए । ती बाहेक उनीहरुसँग दुई वटा ठूला ब्याग पनि थिए । उनीहरुसबै टर्कीको राजधानी इस्तांबुल स्थित साउदी दुताबास स्थित राजदुतको घरबाट बाहिर आइरहेका थिए । राजदुतकोे घर पनि साउदी दुताबास नजिकै रहेको छ ।
खसोगीको हत्या गत अक्टोबारमा साउदी अरेबियाको दुतावासमै भएको थियो । उक्त हत्याकान्डपछि पश्चिमी देश र साउदी अरेबियाको सम्बन्धमा तनावको स्थिति उत्पन्न भएको हो । अज्ञात शुत्रलाई उदृत गर्दै च्यानले आफनो प्रसारणमा ती ब्यागमा खसोगीको शवको टुक्रा भरिएको दावी गरेको छ ।
वासिङटन पोस्टमा पत्रकार रहेका खसोगीको अक्टोबर २ मा हत्या गरिएको थियो । आफनो विवाहका लागि टर्की स्थित साउदी दुतावासमा आवश्यक कागजात लिन गएका खसोगीको दुतावास भित्रै हत्या भएको थियो । टर्कीका अधिकारी र फरक फरक सन्चार माध्यमहरुले साउदी सरकारका आलोचक रहेका खसोगीको हत्याका लागि १५ जना साउदी अरेबियाबाट आएका थिए ।
उनीहरुले खसोगीको हत्यापछि उनको शव टुक्रा टुक्रा पारेका थिए र तेजाबमा हाली नस्ट गर्ने प्रयास गरेका थिए । टर्की प्रशासनले खसोगीको शव साउदी दुतावास सहित कयौं स्थानमा खोज्ने प्रयास गरेको तर अहिले सम्म त्यसको कुनै प्रमाण फेला पार्न सकेको छैन । विभिन्न सन्चार माध्यमहरुले खसोगीको हत्याको आदेश साउदी प्रशासनमा अत्यन्त शक्तिशाली मोहम्मद बिन सलमानले दिएको दावी गरेका थिए ।











प्रतिक्रिया