वंगलादेशको चुनावमा सत्तारुढ दललाई सफलता

0
Shares

ढाका,(एजेन्सी)
बंगलादेशको निर्वाचन आयोगले सत्तारुढ प्रधानमन्त्री शेख हसिनाको आवामी लिग पार्टीले आम निर्वाचनमा अत्यधिक बहुमतले विजय हासिल गरेको सोमवार जनाएको छ । यस चुनावी सफलतासँगै शेख हसिना लगातार तेस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ । निर्वाचन आयोगबाट प्राप्त परिणाम अनुसार सत्तारुढ दलले संसदको कूलतीनसय बढी सिटमध्ये २ सय ८८ वटा सिटमा विजय हासिल गरेको छ ।

तर प्रमुख विपक्षी दल वंगलादेश नसनल पार्टीले ६ वटा सिट मात्र जितेको छ । यस पार्टीले आइतवार भएको चुनाव निकै नाटकिय तथा धाँधलीयुक्त भएको भन्दै स्वतन्त्र निकायको अधिन र पर्यवेक्षणमा अर्को ताजा चुनाव हुनु पर्ने माग गरेको छ ।

विपक्षी गठबन्धनका एकजना वरिष्ठ नेता कमल हुसेनले झन्डै १ सयजना उम्मेदवारले चुनाव बहिष्कार गरेकाले पनि आफुहरुले निर्वाचन आयोगलाई नाटक जस्तो मञ्चन गरिएको निर्वाचनको परिणाम रद्द गर्न आग्रह गरिसकेको जनाएका छन् ।

कमलहुसेनले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएका छन्।् । तर शेख हसिनाको सरकारले ती आरोपहरु अस्वीकार गरेको छ ।
यसैगरी बंगलादेश निर्वाचन आयोगले देशभरीबाट धाँधलीका आरोपहरू प्राप्त भएकाले आफुले त्यसबारे अनुसन्धान गर्ने बताइसकेको रोयटर्स समाचार निकायले जनाएको छ ।


यसैबीच सत्तारुढ दल र विपक्षी दलका समर्थकबीच बंगलादेशका विभिन्न स्थानमा भएका हिंसात्मक भिडन्तमा कम्तीमा १७ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । शेख हसिनाको सत्तारुढ दल आवामी लिग सन् २००९ देखि बंगलादेशको सत्तामा रहँदै आएको छ ।

एउटा विपक्षी दलले त पहिल्यै मतपत्र भरिएको मत पेटिका प्रयोग गरेको आरोप लगाएको छ । बंगलादेश नेसनल पार्टीका प्रवक्ताले औपचारिक रुपमा नै मतपरिणाममा अनियमितता भएको आरोप लगाएका छन्।
यसैगरी बीबीसी सम्वाददाताले मतदान केन्द्रहरू मतदानका लागि खोलिनुअघि नै बन्दरगाह शहर चटगाउँकोे मतदान केन्द्रमा मतले भरिएका बाकसहरू भेटिएको बताएका छन् । तर यस विषयमा सम्बन्धित अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्।् ।

प्रधानमन्त्री हसिनाले भने विपक्षी दलहरूले आफुहरुमाथि अनावश्यक आरोपहरू लगाउने तथा आफ्ना दलका नेता र सदस्यहरूमाथि आक्रमण गरेको र यसो हुनु राष्ट्रकै दुर्भाग्य भएको बीबीसीलाई बताएकी छिन् ।
मुस्लिम समुदायको बाहुल््य रहेको बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले शुरु देखि नै आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आएकी थिइन् । तर विपक्षीहरुले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुने कुरामा आंशंका व्यक्त गर्ने गरेका थिए ।

विपक्षी दलकी नेता खालिदा जिया अहिले राजधानी ढाकास्थित जेलमा रहेकी छन् । ७३ वर्षीया जिया पूर्वसैनिक तानाशाहकी विधवा हुन् भने प्रधानमन्त्री हसिनाका पिता बंगलादेशका संस्थापक नेता हुन् । आमनिर्वाचनका लागि देशभरी झण्डै ४० हजार मतदान केन्द्रहरु संचालनमा ल्याइएका थियो । अधिकारीहरुले सुरक्षाका लागि देशभर हजारौं संख्यामा प्रहरी, सैनिक लगायतका सुरक्षाकर्मी परिचालन गरिएको जनाएका छन् ।