काठमाडौं, (नेस)
सरकारले नागरिक उड्डयन प्राधिकरणलाई थप प्रभावकारी, स्तरीय र सुरक्षित बनाउने नियामक निकाय र सेवा प्रवाहलाई अलग–अलग गर्ने भएको छ । सकरकारले आवश्यक गृहकार्य पूरा गरी प्रक्रिया अगाडि बढाएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।
सोमबार काठमाडौंमा आयोजित नागरिक उड्डयन प्राधिकरणको २०औं वार्षिकोत्सवको अवसरमा सम्बोधन गदै मन्त्री अधिकारीले भन्नुभयो– ‘बाह्य देशको दबाब प्रभाव नभएर मुलुककै आवश्यकतालाई अपरिहार्य ठानेर अलग गर्न लागिएको हो ।’
विश्वमा मात्र नभएर नेपालमा समेत उड्डयन क्षेत्रको दायरा फराकिलो हुँदै गएकाले थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि नियामन निकाय र सेवा प्रदायक अलग हुँदा राम्रो हुने छ र यसरी अलग गरिँदा विद्यमान कानुन विधि र प्रक्रियाबाटै पूरा गर्ने मन्त्री अधिकरीको भनाइ छ ।
प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले उड्डयन क्षेत्रको पूर्वाधार हवाई यात्रु बढिरहेको सन्दर्भमा प्राधिकरण नेपालको हवाई क्षेत्रको विकास र सुधारमा क्रियाशील रहको बताउनुभयो । उहाँले आगामी दिनमा नेपाललाई युरोपियन युनिएनको सुरक्षा चासो (कालोसूची) बाट हटाउने गरी प्राधिकरणले काम गरिरहको बताउनुभयो ।
प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपालमा मात्रै सन् २०१७ को १० महिनाको तुलनामा सन् २०१८ को यसै अवधिमा अन्तर्राष्ट्रिय वायुयान आगमनमा २.२० प्रतिशत र आन्तरिक वायुयानतर्फ २.७३ प्रतिशत वृद्धि भएको जानकारी दिनुभयो ।











प्रतिक्रिया