नेपाल समाचारपत्र
काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा विकास गर्न लागिएको पनि बताउनुभएको छ ।
सोमबार काठमाडौंमा नागरिक उड्डयन प्राधिकरणको २०औं वार्षिकोत्सव सभालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालको प्रकृति सम्पदाले भरिएकाले पर्यटन उद्योगको पर्याप्त सम्भावन रहेकाले निजी क्षेत्रले यसको उचित लाभ लिनका लागि व्यावसायिक रुपमा लाग्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुुभयो । मन्त्री अधिकारीले सरकार पर्यटन उद्योगको विकासका लागि निजी क्षेत्रसँग सधंै तयार रहेको समेत बताउनुभयो ।
नेपालको पर्यटन लयमा फर्केको उल्लेख गदै मन्त्री अधिकारीले सरकारले नेपालको पर्यटन विकासका लागि पूर्वाधारमा जोड दिएको, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तीव्रताका साथ निर्माण भइरहेकोे स्पष्ट पार्नुभयो । यसले गर्दा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने अभियानलाई सहयोग पुग्ने विश्वास व्यतm गर्नु भयो ।
नेपाल पर्यटन बोर्ड २०औँ वर्षमा
नेपाल पर्यटन बोर्डको २०औँ वार्षिक उत्सवको मनाइएको छ ।
उद्घाटन समाहरोहलाई सम्बोधन गदै सन् २०१८ को ११ महिनामा १० लाख पर्यटक भित्रनु सकारात्मक भएको भन्दै मन्त्री अधिकारीले एक पटक भित्रिएपछि भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउनलाई समस्या नरहेको बताउनुभयो ।
आगामी २० वर्षभित्र नेपालको मुुख्य आर्थिक स्रोतका रुपमा विकास हुने भएकाले युवा पुस्तालाई नयाँ सोचका साथ अगाडि बढाउनुपर्ने समय आएको मन्त्रीको भनाइ थियो ।
सन् १९९८ डिसेम्बर ३१ मा स्थापना भएको पर्यटन बोर्डले २०औँ वार्षिक उत्सव मनाएको हो । वार्षिकोत्सवमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विनाशकारी भूकम्पपछि लयमा फर्किएको नेपालको पर्यटन क्षेत्रलाई थप अगाडि बढाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत जोशीले नेपालको पर्यटक उद्योगलाई व्यावसायिक बनाउन निजी क्षेत्रको योग्दान अतुलनीय हुने बताउँदै जिम्मेवार भएर सरकारले लिएको नेपालभ्रमण वर्ष सफल पार्न लाग्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई सेवाका रुपमा नभई व्यापारको रुपमा जोड दिँदा पर्यटन क्षेत्रको विकास नहुने भएकाले दिगो विकासमा जोड दिनुपर्ने बताउनुभयो।
जोशीले निजी क्षेत्रको सहयोग, सहकार्य र प्रोत्साहनमा नै बोर्डले आजसम्मको यात्रा तय गर्न सकेको बताउँदै आगामी दिनमा पनि साथ सहयोगबाट सफलता प्राप्त हुँदै जाने बताउनुभयो । कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याउनेहरुलाई सम्मानसमेत गरिएको थियो।











प्रतिक्रिया