काठमाडौं, (नेस)
सन्राइज बैंकले २७ औं शाखारहित बैंकिङ सेवा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित मानेदोभानमा र २८ औं शाखारहित बैंकिङ सेवा नवलपरासीको रामग्रामस्थित धरमपुरमा शुरू गरेको छ ।
पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यो सँंगै बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या २८ पुगेको छ छ ।











प्रतिक्रिया