सिटिजन्स बैंकमा घरबाटै खाता खोल्न सकिने

0
Shares

काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा ल्याएको छ । बैंकले सरल,सहज र सुरक्षित तरीकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो ।

देशभित्र तथा बाहिर रहेका नेपाली नागरिकले यस प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्नेछन् । यो सुविधाको शुवात सँंगै बैंकमा खाता खोल्न बैंक धाउनुपर्ने पारम्परिक परिस्थितिको न्यँनीकरण हुने विश्वास बैंकले लिएको छ । यसबाट ग्राहकले आफ्नो समयानुकुल बैंकको वेवसाइटबाट खाता खोल्न सक्नेछन् ।

बैंकले ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।