सन् २०१८ लाई नेप्सेले घटेर बिदा ग¥यो

0
Shares

काठमाडौं, (नेस)
अघिल्लो साता बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक यस पुनः ओरालो लाग्न थालेको छ । साताको पहिलो दिन आइतबार १० अंकभन्दा बढीले घटेको नेप्से दोस्रो दिन सोमबार पनि दोहोरो अंकले नै घटेको छ । नेप्सेमा आएको निरन्तरको गिरावटका कारण निराश भएका लगानीकर्ता अघिल्लो सातादेखि वृद्धि हुन थालेपछि पुरानै लयमा फर्किएको आशामा बसेका लगानीकर्ता नेप्से परिसँचक फेरि १२ सयभन्दा तल ओर्लिएपछि झस्किएका छन् ।

सन् २०१८ को अन्तिम दिन सोमबार नेप्से १७ दशमलव २६ अंकले गिरावट हँुदै ११८७.२८ बिन्दँमा झरेको छ । कुल १६७ कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता शेयर ५ हजार २५८ पटक खरिद बिक्री हुँदा ४० करोड ३ लाख १२ हजार ३८५ रुपियाँमा कारोबार भएको छ ।

यस दिन कारोबार भएका १० वटा उपसमँहमध्ये जलविद्युत्, वित्त र उत्पादन उपसमँहबाहेक सबै उपसमँहमा गिरावट आएको छ । जसमध्ये जलविद्युत् उपसमँह ६ दशमलव ९५, वित्त उपसमँह १ दशमलव ३९ र उत्पादन उपसमँह ७ दशमलव १३ अंकले बढेको छ ।

तर, बैंकिङ उपसमँह १४ दशमलव ९४, होटल उपसमँह १९ दशमलव २७, विकास बैंक उपसमँह १३, निर्जीवन बीमा उपसमँह १६० दशमलव २३, अन्य उपसमँह १० दशमलव ४८, लघुवित्त उपसमँह २३ दशमलव ५८, जीवन बीमा उपसमँह १५३ घटेको छ । समग्र बजार घटेको बेला जेबिल्स फाइनान्स कम्पनी, सांग्रिला डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी, अरुण कावेली पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, पँर्णिमा विकास बैंक, हिमालयन बैंक, जनता बैंक, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले बढी गुमाएका छन् । सोमबार सबैभन्दा धेरै नेसनल लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । यस कम्पनीको २ करोड ८८ लाख रुपियाँ बराबरको कारोबार भएको छ ।

यस्तै नेपाल बैंकको २ करोड ३८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ३१ लाख, छिमेक लघुवित्तको १ करोड ९७ लाख र एनएमबी बैंकको १ करोड ४४ लाख रुपियाँबराबरको कारोबार भएको छ ।यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८४ अंकले घटेको छ ।