दीपेन्द्र थापा, काठमाडौं
नेपाल आयल निगमले बिटुमिन (अलकत्रा) आयात गर्नको लागि प्रक्रिया अगाडि बढाएको छ । भारतीय इन्डियन आयल कर्पाेरेसन (आईओसी)बाट खरिद गरी निगमले नेपालमा बिटुमिनको आपँर्ति व्यवस्था मिलाउन लागेको हो ।
भारतको बरैनी नाकामा आईओसीले बिटुमिन प्लान्ट स्थापनाको तयारी थालेको छ। यससँगै नेपालमा बिटुमिन खरिदको लागि सहज हुने छ ।आईओसीले उच्च प्रविधि प्रयोग गरेर बिटुमिन उत्पादनका लागि प्लान्ट स्थापना गर्न लागेको छ । त्यसपछि नेपालमा आयात गर्न सहज हुने निगमका निमित्त प्रमुख सुशील भट्टराईले बताउनुभयो । नेपालको माग, वातावरणीय अनुकुलता, भँबनोटका आधारमा आईओसीका प्राविधिकले अध्ययन गरेर यहाँको अनुकुल अनुसार उच्च गुणस्तरको आपँति व्यवस्था मिलाउने गरी छलफल भएको निमित्त प्रमुख भट्टराईलेको भनाइ छ ।
पेट्रोलियम पदार्थपछि निगमले बिटुमिनको आयात गर्नको लागि भारतसँग प्रक्रिया थालेको हो ।करिब २५ वर्ष पहिला नेपाल आयल निगमले बिटुमिन डायल कम्पनीको स्थापना गरी आयात गर्ने गरेको थियो । तर, तत्कालीन सरकारले सो उद्योग बिक्री गरेको थियो । निगमले पुनः २५ वर्षपछि बिटुमिन आयातको लागि प्रक्रिया थालेको हो । सन् २०२० बाट वरौनी नाकाबाट पहिलो चरणमा आईओसीले बिटुमिन र हवाई इन्धन उत्पादन गर्ने प्लान्टको काम पनि अगाडि बढाएको छ । आईओसीले उत्पादन गर्ने बिटुमिनको माग भारतीय बजारमा पनि उच्च रहेकाले नेपालमा आपँर्ति गर्न चुनौतीपँर्ण रहेको छ ।
नेपालको सम्भाव्यता के छ ?, कसरी कति परिमाणमा बजारमा खपत भइरहेको छ र भावी बजारको अध्ययन गरी माग अनुसारको आपँर्ति मिलाउने प्रक्रियामा लागेको निगमले जनाएको छ ।
हाल नेपालमा पँर्वाधारको विकास भइरहेको अवस्थामा निजी क्षेत्रबाट आयातित बिटुमिनबाट नेपालको सडक निर्माण भएको छ । जसले गर्दा न्यँन गुणस्तरीण बिटुमिन आयात भएर सडकको स्तर राम्रो नभएर समय सीमाभन्दा पहिलानै सडकको स्तर खस्किने सडक बिग्रिने गरेको अवस्था निगमले बिटुमिन आयतको प्रक्रिया थालेको हो ।
सरकारी स्वामित्वको संस्थानबाट आयात गर्दा गुणस्तर राम्रो हुने हँुदा निगमले प्रक्रिया थालेको जनाएको छ । हाल नेपालमा सडकमा र विमानस्थलको रनवेमा बिटुमिनको प्रयोग हँुदै आएको छ ।
नेपालको सडक स्तरोन्ती र विमानस्थलको निर्माण गर्न काम भइरहेको अवस्थामा ठँला आयोजनाबाट माग भएको खण्डमा निगम बिटुमिन आयात गर्न तयार रहेको निमित्त प्रमुख भट्टराईले बताउनुभयो । निगमले काठमाडौं तराई द्रुतमार्ग ‘एक्सप्रेस वे’का निम्ति बिटुमिन आयात गर्न सम्बन्धमा छलफल भइरहेको जनाएको छ । ठँला आयोजनाले निगमसँग बिटुमिन आयातको माग भइआएको खण्डमा आवश्यक पर्ने बिटुमिन ल्याउन निगम तयार रहेको भन्दै निर्माण आयोजना र सडक विभागबाटै बिटुमिन ल्याउन प्रस्ताव आए गुणस्तरयुक्त बिटुमिन ल्याउन तयार रहेको भट्टराईले बताउनुभयो ।
प्रशोधनपछि निकालिएको पेट्रोलियम पदार्थको बाँकी भाग नै बिटुमिन हो । हाल नेपालमा आयात हुने बिटुमिन भारत लगायत तेस्रो देशबाट आयात हुने गरेको अवस्था छ। बजारको मोटालिटी र आर्थिक सम्भाव्यता अध्ययन गर्नको लागि निगमले ३ सदस्य कार्यदल गठन गरेर र नै प्रक्रिया थालेको थियो ।











प्रतिक्रिया