काठमाडौं, (नेस)
मलेसियाको रेमिटान्स कम्पनी भ्यालँ र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा शुरु भएको छ । भ्यालँको मलेसिया भरी २ हजार एजेन्ट लोकेसन छन् । साथै आफ्नै मोबाइल एप र इन्टरनेट बैंकिङको पनि सेवा उपलब्ध छ ।
सेवा शुरु भएपछि मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६ हजारभन्दा बढी एजेन्टमार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने छ । हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालँको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले हस्ताक्षर गर्नुभएको थियो ।
भ्यालुले सिटी एक्सप्रेससँग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा सिटी एक्सप्रेससँग नयाँ प्रविधिअनुसार सहकार्य गर्दै जाने जानकारी दिइएको छ ।











प्रतिक्रिया