गोवामा बेलायती पर्यटक बलात्कृत



नयाँदिल्ली, (एजेन्सी)
भारतको पश्चिमी राज्य गोवामा एकजना बेलायती महिला पर्यटकलाई लुटपाट र बलात्कार गरेको अभियोगमा शुक्रबार एकजना भारतीय पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ। स्थानीय समयअनुसार बिहीबार अपरान्ह करिब ४ बजे एउटा रेलवे स्टेसनबाट आफ्नो होटेलतर्फ हिँडिरहेकी ती ४८ वर्षीया महिलालाई आक्रमण गरेको प्रहरीले पीटीआई समाचार निकायलाई बताएको छ।

नाम नखुलाइएकी ती पीडक दक्षिण भारतीय राज्य तमिलनाडुका बासिन्दा रहेको बताइएको छ। बलात्कारपछि उनी पीडित महिलाका तीनवटा झोला लिएर भागेका थिए। भारतको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिने गोवामा हजारौं मनमोहक समुद्रीतट रहेका छन् भने हरेक वर्ष हजारौं विदेशी पर्यटक त्यहाँ पुग्ने गरेका छन्।

ती पीडित बेलायती महिला वर्षेनी गोवाको दस दिने भ्रमणमा आउने गरेकी थिइन्। एनडी टेलिभिजन न्युज वेबसाइटका अनुसार रेल्वे स्टेसन र अपराध घटेको क्षेत्रका सीसीटीभी फुटेजका आधारमा प्रहरीले अपराधीलाई पक्राउ गरेको हो। गोवा विदेशीहरूविरुद्ध सबैभन्दा अपराध हुने राज्यमा गनिन्छ। सन् २०१७ मा ड्यानिएल्ले म्याकलग्लिन नामक एक आइरिस महिलाको गोवामा बलात्कारपछि हत्या गरिएको थियो। उक्त घटनामा २४ वर्षीय विखात भगतलाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्