४ महीनामा २ अर्ब राजश्व सङ्कलन


विराटनगर ।
आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको चार महीनामा रु एक अर्ब ९५ करोड २६ लाख ५५ हजार राजश्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षमा लक्ष्यको १०९ प्रतिशत र गएको वर्षको तुलनामा १३३ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताउनुभयो ।

सङ्कलित राजश्वमा आयकर रु।५० करोड १७ लाख १५ हजार, मूल्यअभिवृद्धि कर रु ४२ करोड ६७ लाख ८८ हजार, अन्तःशुल्क रु।९९ करोड १८ लाख ३६ हजार, स्वास्थ्य सेवा कर रु।दुई करोड ६९ लाख ४८ हजार र शिक्षा सेवा शुल्क रु।५३ लाख ६८ हजार रहेको छ।

कार्यालयका अनुसार भ्याटमा सात हजार २९२, अन्तःशुल्कमा तीन हजार ६६४, प्यानमा ४२ हजार ८७३ र पि–प्यान ३६ हजार ९२ दर्ता रहेको छ । गत वर्ष १६७ व्यवसायीको दर्ता खारेजी भएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।