अभिनेता खनालसहित ३ कलाकर्मी सम्मानित



भक्तपुर, (नेस)। अभिनेता सरोज खनाल तथा गायकगायिका मेनुका पौडेल र पवन गिरी भक्तपुरमा सम्मानित भएका छन्। भक्तपुरमा आयोजित मिस्टर मोडर्न प्रतियोगिता कार्यक्रममा यी कलाकर्मी सम्मानित भएका हुन्।

प्रतियोगिताको आयोजक मोडर्न स्कुल तथा कलेजले रंगकर्मी तथा अभिनेता सरोज खनाललाई नगदसहित सम्मान गरेको हो। कार्यक्रममा भारतको चर्चित टिभी रियालिटी सो सारेगमपका एघारौं प्रतिस्पर्धी मेनुका पौडेल र नेपाल आइडल सिजन–२ का छैठौं प्रतिस्पर्धी र मोडर्न कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका गायक पवन गिरीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। मोडर्न स्कुल र कलेजका संस्थापक बाबुकाजी कसपाल र प्राचार्य अनिल कसपाले कलाकर्मीलाई सम्मान गरेका थिए।

प्रतियोगितामा मिस्टर र मिस मोडर्नको उपाधि क्रमशः असिम नेपाल र चा“दनी श्रेष्ठले जितेका छन्। त्यसैगरी मिस्टर र मिस मोडर्न ट्यालेन्टको उपाधि सुमन ढुंगेल र सक्रिति श्रेष्ठले जितेका छन्। मोडर्न स्कुल र कलेजद्वारा भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी भेन्युमा आयोजित आयोजित मिस्टर एन्ड मिस मोडर्न २०७५ मा गायक तथा संगीतकार मानस राज, मिस नेपाल २०१८ की प्रतिस्पर्धी तथा अभिनेत्री सृष्टि कार्की, गायक तथा संगीतकार क्षितिज कुलुङ र नृत्य प्रशिक्षक समीर शंखदेव निर्णायक रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि अभिनेता सरोज खनालले विदेशी भूमिमा आफन्त छोडी बस्नुपर्दाको पीडा झल्किने विषयवस्तुमा सबै दर्शकलाई भावुक बनाउ“दै नाटक प्रस्तुत गरेका थिए। त्यस्तै विशेष अतिथि सुवासचन्द्र ढुंगेलले मुक्तक वाचन गरे भने पवन गिरी र मेनुका पौडेलले गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। सोही अवसरमा मोडर्नबाट २०७५ सालको राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ मा प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडलद्वारा पुरस्कृत गरिएको थियो। त्यसैगरी ‘ए’ प्ल्स र ‘ए’ ग्रेड ल्याउने सबै विद्यार्थीलाई मेडलद्वारा पुरस्कृत गरिएको थियो। यसै गरी ट्राभल एन्ड टुरिजममा प्रथम हुने विद्यार्थीलाई राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानबाट हरेक वर्ष प्रदान गरि“दै आएको नगद १० हजार शिक्षक ऋषभ जोन्छेले प्रदान गरे।

 

प्रतिक्रिया दिनुहोस्