टाटा मोटर्सको तेस्रोे ग्लोबल सर्भिस क्याम्प सम्पन्न



काठमाडौं, (नेस)
नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी टे«डिङ प्रालिले ग्लोबल सर्भिस क्याम्प सम्पन्न भएको छ । मंसिर १२–१४ गतेसम्म सञ्चालन भएको क्याम्प टाटा मोटर्स कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा तथा सिप्रदी ट्रडिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.रा संयुक्त रुपमा उक्त उद्घाटन गर्नुभएको थियो ।

त्यस क्रममा सिप्रदी टे«डिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.रा टाटा मोटर्स र सिप्रदीको सम्बन्ध ३७ वर्ष पँरा भएको जानकारी दिनुभएको थियो ।

गाडीसँग सम्बन्धित सम्पँर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्पमा विश्वका ४६ राष्ट्रलगायत नेपालका ३८ स्थानमा आयोजना गरिएको थियो । यस ग्लोबल सर्भिस क्याम्पअन्तर्गत टाटा मोटर्स्का सम्पँर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरमा गाडीको सम्पँर्ण स्वास्थ्य गरिएका थिए। क्याम्पमा चालकका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राइभिङ सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर दिइएको कम्पनीले जनाएको छ ।

सिप्रदी ट्रेडिङले यसै अवसर पारेर टाटा मोटर्स्को नवीनतम प्रस्तुति टाटा हुइंगर मिनि बसको औपचारिक उद्घाटन गर्नुका साथै साँचो हस्तान्तरणसमेत गरेको छ । त्यस क्याम्पमा एक्साईड ब्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यँब्रिकेन्टस्, शिखर इन्स्योरेन्स, एपोलो टायर आदि ब्राण्डहरुले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्